coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जेठ २० मा दोस्रो अन्नपूर्ण म्याराथन

पोखरा– दौडिनेभन्दा अघिल्लो दिन खेलाडीको स्वास्थ्य परीक्षण गरिन्छ। स्वास्थ्य परीक्षण सकिएपछि भोलिपल्टै बिहान अन्नपूर्ण आधार शिविरबाट दौड सुरु हुन्छ। मेडिकल अफिसरले परीक्षण गरेको रिपोर्टअनुसार धावकहरू दौडमा सहभागिता जनाउन पाउनेछन्। दौड कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पुगेर टुंगिनेछ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिएको छ। ५० धावकले आफ्नो उपस्थिति जनाउन नाम दर्ता गरिसकेका छन्। गत वर्ष ६३ धावकले प्रतिस्पर्धा गरेको म्याराथनमा नेपाल आर्मीका हरिकुमार रिमालले ४ घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरी म्याराथनको उपाधि चुमेका थिए। अन्नपूर्ण म्याराथनमा यस वर्षदेखि विदेशी धावक पनि सहभागी हुने आयोजक संस्था अन्नपूर्ण सन्चेरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए। अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने म्याराथनक प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए।  

‘सबै खेलाडीले स्वास्थ्य परीक्षण गरेपछि मात्रै सहभागिता जनाउन पाउनेछन्। मेडिकल अफिसरको रिपोर्टअनुसार खेलाडीको सहभागिता निश्चित हुनेछ।’

खेलकुदको माध्यमबाट साहसिक पर्यटन प्रवद्र्धनको अभियान छ। दौडमा सहभागी हुने धावकलाई एक रात बासको व्यवस्था गर्नुपर्नेछ। बासकै व्यवस्था गर्न अहिले आधार शिविरका होटल मर्मत सम्भार गरिँदै छ। हिमपातले तहसनहस बनेको छ अन्नपूर्ण आधार शिविर। मर्मतसम्भारको चटारो छ। एक सातापछि त्यही अन्नपूर्ण आधार शिविरबाट दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन दौड हुँदैै छ। जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसकै अवसरमा म्याराथन हुनेछ। समुद्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथनका लागि आवश्यक स्वयंसेवकसहितको प्राविधिक टोली परिचालन गरिएको छ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख पाँच हजार, ७५ हजार र ५५ हजार रुपैया“ पाउनेछन्। सान्त्वनास्वरूप १० धावकलाई पुरस्कृत गरिनेछ। धावकलाई पोखराबाट घान्द्रुकसम्म यातायात र घान्द्रुकबाट एबिसी जाँदाआउँदाको खानेबस्ने सुविधा छ। म्याराथन संयोजक किसम गुरुङका अनुसार जेठ १५ मा धावकलाई पोखराबाट घान्द्रुक लगिनेछ। जेठ १६ मा छोम्रोङ, १७ गतेका दिन हिमालय र १८ गते आधार शिविर उकालिनेछ। जेठ १९ गते धावकहरुको स्वास्थ्य परीक्षण गरिन्छ। ‘सबै खेलाडीको स्वास्थ्य परीक्षण गरेपछि मात्रै सहभागिता जनाउने पाउनेछन्,’ प्रचारप्रसार संयोजक टंक अधिकारीले सुनाए, ‘मेडिकल अफिसरको रिपोर्टअनुसार खेलाडीको सहभागिता निश्चित हुनेछ।’ जेठ २० मा दौड सुरु हुँदै घान्द्रुकमा आएर टुंगिनेछ। गत फागुन १५ गतेको भारी हिमपातबाट अन्नपूर्ण आधारशिविरका ५ वटै होटलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएकोमा स्थानीय पर्यटन व्यवसायीको पहलमा धमाधम पुनःनिर्माण भइरहेको छ। म्याराथन अवधिसम्म धावकहरूलाई ब्रेकफ्रास्टसम्म खुवाउन सकिने प्रबन्ध मिलाइएको स्थानीय पर्यटन व्यवसायी जगनरास गुरुङले जानकारी दिए।

समितिले जेठ १७ देखि २० सम्म घान्द्रुकमा गर्ने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल, खुला पुरुष बास्केटबल र भेट्रान पुरुष भलिबल प्रतियोगिता समावेश गरेको छ। स्थानीय ब्यान्ड र ख्यातिप्राप्त कलाकारद्वारा विविध मनोरञ्जनात्मक कार्याक्रमसमेत हुनेछन्। ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कला शैली, परम्परागत झा“की, साँस्कृतिक कार्यक्रम हुनेछन्। महोत्सवकै कारण आन्तरिक पर्यटक ह्वात्तै बढेको महोत्सव मूल आयोजक समितिका महासचिव एवं माछापुच्छ्रे बेस क्याम्पका होटल व्यवसायी दिलीप गुरुङले बताए। महोत्सवअवधिभर घान्द्रुक पुग्ने पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको छ। एक जनालाई नौ सय नेपाली रुपियाँमा बेलुकाको खाना, एक रातको बास र बिहानको खाजासहितको छुट दिइने व्यवस्था मिलाइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App