coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लवका १२ कार्यकर्ता पक्राउ, ८ स्थानमा बम निष्क्रिय

काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार दलित मुक्ति मोर्चा झापाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्।

काठमाडौंको कोटेश्वरबाट (नरेफाँट)बाट ओखलढुंगाका ४१ वर्षीय बुद्धिबहादुर सुनारसहित ७ जना पक्राउ परेका छन्। त्यस्तै, अर्जुनधारा नगरपालिका १  झापाका २९ वर्षीय चन्द्र बोहरा पक्राउ परेका छन्। उनी गौशालाबाट पक्राउ परेका हुन्।

त्यसैगरी नुवाकोट विदुर नपा ११ का १८ वर्षीय विक्रम तामाङ, १८ वर्षीय अनिल रानामगर, १९ वर्षीय कृष्ण आलेमगर, २१ वर्षीय राज थापा मगरलाई सोमबार विहान लगनखेलबाट पक्राउ गरिएको छ। उनीहरुलाई प्रहरी प्रभाग मंगलबजार ललितपुरमा राखिएको छ।

यसैगरी नेपाल बन्द घोषणापछि प्रहरी र नेपाली सेनाको टोलीले ललितपुर, काठमाडौं, नवलपरासी, मकवानपुर र कास्की, दार्चुला र सर्लाही गरी ७ जिल्लाको ८ ठाउँमा राखिएको बम निष्क्रिय बनाइएको छ। ललितपुर महानगरपालिका ५ लगनखेल बसपार्क, ग्वार्काेस्थित गुण सिनेमा हल, सानेपा नयाँ बाटो, दार्चुलाको महाकाली नगरपालिका ५ पानीट्यांकीस्थित मुलबाटो, कामनपा ४ सुकेधारा स्थित यातायात व्यवस्था कार्यालय अगाडि, नपलपरासीको बुलिङटार गाउँपालिका ३ स्थित श्रीधर गिरीको खेत र मकवानपुर उपमहानगरपालिका १० बुद्धचोक नजिकै र कास्कीको पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थ्ति एनसेलको कार्यालय अगाडि राखिएका प्रेसर कुकर बम, सुतली बम र पेट्रोल बम निष्क्रिय बनाइएको प्रहरीले जनाएको छ।

आइतबार साँझ विप्लव नेतृत्वको नेकपाले राखेका सुकेधारा र अनामनगरमा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन्।

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App