coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एनसेल कार्यालय नजिक कुकर बम फेला

पोखरा - पोखरामा एनसेल कार्यालय नजिक कुकर बम फेला परेको छ। सिर्जनाचोक स्थित दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेल अफिस नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहानदेखि पोखराका अन्य ठाउँमा समेत शकांस्पद वस्तु फेला परिरहेको छ। उनले एनसेल अफिस अगाडि फेला परेका बम डिस्पोजका लागि सेनाको टोली खटिएको बताए।

त्यस्तै पोखराकै नयाँबजार र न्यूरोडको मध्य भागमा रहेको इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमीको गेटमा झन्डा सहित शंकास्पद वस्तु फेला परेको छ । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाले सोमबार आह्वान गरेको बन्दका कारण पोखराको बाहिरी जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App