coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुद्धचोकमा कुकर बम फेला, दुई सवारीमा आगजनी

मकवानपुर - नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले प्रदेश ३ को राजधानी हेटौंडाको बुद्धचोकमा राखेको दुई प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ। पार्टीले गरेको नेपाल बन्दको क्रममा सोमबार बिहानै बुद्धचोकमा बम फेला परेपछि प्रहरीले सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।

डिस्पोजल टोलीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए। उनका अनुसार बम राखेको देखेपछि स्थानीयले राती करिब एक बजेतिर प्रहरीलाई जानकारी गराएका थिए। बन्दकै क्रममा विप्लव कार्यकर्ताले छुट्टा–छुट्टै स्थानमा दुई सवारी साधनमा आगजनी समेत गरेका छन्। त्रिभुवन राजपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका १, चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेका थिए। प्रहरी चौकी नजीकै गराईएको आगजनीबाट गाडीका सबै भाग जलेको प्रहरीले जनाएको छ।

उता, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा पनि सोमबार बिहान एउटा मालबाहक सवारीमा आगजनी गरिएको छ। थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको मिनी ट्रक जलाईएको अवस्थामा फेला पारिएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए।

यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, हेटौंडा औद्योगिक क्षेत्रमा बमजस्तै शंकास्पद बस्तु फेला परेको थियो। ‘खतरा’ लेखेर राखिएको शंकास्पद बस्तु फेला कागजको पोका मात्र भएको पाईएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए। उक्त शंकास्पद बस्तुलाई सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।
बन्दका क्रममा हेटौंडामा सवारी साधनहरु निर्बाध रुपमा सञ्चालनमा रहेका छन् भने बजार भने प्रायः बन्द छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App