८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी चौकी नजिकै ट्रकमा आगजनी

फाइल तस्बिर

काठमाडौँ – बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मिनी ट्रकमा आगजनी गरेका छन्। कार्यकर्ताहरूले हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका– १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन्।

हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए । यसैगरी  त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनका अनुसार आगजनी भएको स्थान प्रहरी चौकी नजिकै रहेकाेले घटनास्थाल तत्काल प्रहरी परिचालन गरिएकमे छ। प्रहरीका अनुसार  आगजनीका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App