७ वैशाख २०८१ शुक्रबार
भिडियो

ओली सरकार जनताप्रति अनुदार बन्यो : खाँड

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण  खाँणले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली सरकार अनुदार हुँदै गएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक खाँडले सरकार सार्वभौम सम्पन्न नागरिकप्रति जवाफदेही र विनम्र हुनु पर्नेमा सरकार संसद र जनप्रतिनिधिहरुप्रति अनुदार बन्न थालेका सरकारको विरोध गरेको बताए।

प्रधानमन्त्री ओलीले वाईडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई प्रश्रय दिएको उनको आरोप थियो। प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिए।

सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने खाँडको भनाइ थियो।

प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिने  उल्लेख गरे। संविधानको रक्षा गर्न काँग्रेसलाई प्रधानमन्त्री केपी ओलीले सडकमा जान बाध्य बनाएको उनको दाबी थियो। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १२ जेष्ठ २०७६ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App