७ वैशाख २०८१ शुक्रबार
राजनीति

म प्रधानमन्त्री भएकाे देखिसहेनन् : दाहाल

 काठमाडौं- । प्रधानमन्त्री पुष्पकमल दाहालले  अाफू प्रधानमन्त्री बनेकाे कतिपयलाई मन नपरेकाे बताएका छन्।  उनले प्रचण्ड रहुञ्जेल भविष्य छैन भन्नेहरू अाफूसँग डराएकाे बताए। बुधबार माअाेवाी केन्द्र पर्वतका प्रतिनिधिहरूसँगकाे भेटमा प्रधानमन्त्री दाहालले भने, 'मैले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’ प्रधानमन्त्रीले भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको समेत बताए।

प्रधानमन्त्रीले  अाफ्नाे  नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गरेकाे दाबी गर्दै भने- यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’

प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिए। प्रधानमन्त्रीले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’

 उनले  सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको बताएकाे प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ।
 

प्रकाशित: १० कार्तिक २०७३ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App