तालको गहिराई मापन गर्न विज्ञ टोली फोक्सुण्डोमा

आइतबार, १२ जेठ २०७६, १५ : ३५ विष्णुप्रसाद देवकोटा

डोल्पा– शे फोक्सुण्डो गाउँपालिका ८ रिग्मो गाउँस्थित फोक्सुण्डो ताल नेपालकै गहिरो तालको रुपमा परिचित छ। यही तालको आधिकारिक गहिराई मापन गर्न विज्ञ टोली फोक्सुण्डो तालमा पुगेको छ।

तालको आधिकारिक गहिराइ पत्ता लगाउन जल तथा मौसम विज्ञान बिभागले कन्सल्टेन्सी सहितको विज्ञ टोली पठाएपछि आफुहरु तालको गहिराई मापन गर्न आएको विज्ञ ध्रुवलोचन अधिकारीले बताए। विज्ञसहितका १० जनाको टोलीले करिब ४ दिनसम्म तालको गहिराई मापन गरेर फर्कने छन्।

प्राकृतिक सुन्दरता तथा जैविक विविधताले भरिपुर्ण पर्यटकीय महत्वको फोक्सुण्डो तालको २०३६ सालमा जापानी टोलीले मापन गरि ६५० मिटर गहिराई रहेको बताएका थिए।

दोस्रोपटक सन २००४ मा व्याथिमेट्रिक सर्वेविधि अपनाई मापन गर्दा तालको गहिराई १४५ मिटर रहेको तथ्यांङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि गहिराई सम्बन्धी विवाद हालसम्म कायमै रहेको शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धावासुम्डुक गुरुङ्गले बताए ।

समुद्र सतहदेखि ३६३५ मिटरको उचाइमा रहेको यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज भित्र ५.९३ किलोमिटर लम्बाई १.८० किलोमिटर चौडाई गरि १७.२९ वर्ग क्षेत्रफलमा फैलिएको छ।

यो पटकको गहिराई मापनले तालको यथार्थ र सहि तथ्यांङ्क आउने र तालको गहिराई सम्बन्ध विवाद सधैको लागि अन्त्य हुनेमा आफु विश्वस्त रहेको उपाध्यक्ष गुरुङ्गले बताए ।

 





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...