coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीले छानो उडाँदा पठनपाठन प्रभावित

ओखलढुंगा – ओखलढुंगाको एक विद्यालयको छानो हावाले उडाउदा पठन पाठन प्रभावित भएको छ। जिल्लाको  मोलुङ्ग गाउँपालिका–७ पात्लेमा रहेको पात्ले माध्यमिक बिद्यालयको छानो हावाहुरीले उडाउदाँ पठनपाठन प्रभावित भएको हो।

शुक्रबार बेलुका आएको हावाहुरीले विद्यालयको छानो उडाउदाँ आइतबार बिद्यालय सञ्चालन हुन नसकेको प्रधानाध्यापक लाक्पा शेर्पाले बताए। हुरीले भूकम्पपछि बनेको बिद्यालयको नयाँ भवन र पुरानो दुबै भवनको छानो उडाएको विद्यालयका प्रधानध्यापक शेर्पाको भनाई छ।

पुरानो भवनको छानो उडाएर नयाँ भवनको जस्ताको छानोमा ठोक्किदाँ नया भवनको समेत जस्तापाता तथा ट्रष्टमा क्षेती पुगेको प्रधानध्यापक शेर्पाले जनाएका छन्। हावाहुरीले विद्यालयमा करिब ५० लाख भन्दा बढीको क्षेती भएको बिद्यालय श्रोतले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App