coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पटिहानीमा पर्यटक प्रहरी

पटिहानीमा पर्यटक प्रहरी कार्यालयको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल। तस्विर : सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको कमान्डमा सात प्रहरीको दरबन्दी रहने गरी शनिबार सो कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि नेपाल सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा पटिहानी पनि परेको छ।

पर्यटकीय क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै सौराहापछि पटिहानीमा पर्यटक प्रहरीको कार्यालय राखिएको हो। कार्यालयको दरबन्दी क्रमशः बढाई १२ जना पु¥याइनेछ। कार्यालयका लागि ६ वटा मोटरसाइकल र सञ्चार सेट प्रदान गरिएको छ। पर्यटक प्रहरी पर्यटकसँगै स्थानीय समुदायको सुरक्षाका लागि पनि खटिने प्रहरी महानिरीक्षक खनालले बताए। पटिहानीका पर्यटकीय क्षेत्रमा सिसी टिभी जडानसमेत गर्ने तयारी गरिएको उनले जानकारी गराए। ‘पटिहानीलाई आकर्षित र सुरक्षित बनाउन स्थानीय समुदायको रचनात्मक सहयोग रहने विश्वास छ,’ उनले भने, ‘पर्यटन प्रहरीको व्यवस्थापछि पटिहानीमा पर्यटन क्षेत्रको विकास हुनेछ, जति विकास र व्यवस्थापन हुन्छ त्यति नै पर्यटक आउनेछन्।’ पर्यटकीय र ऐतिहासिक महŒवका धरोहरलाई समेत संरक्षण र संवद्र्धन गरिनुपर्ने उनको धारणा छ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि नेपाल सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा पटिहानी पनि परेको छ।

पर्यटक प्रहरीको व्यवस्थापछि पटिहानी व्यवस्थित र सुरक्षित पर्यटकीय गन्तव्य बन्ने भरतपुर महानगरपालिका–२२ का अध्यक्ष विष्णुराज महतोले बताए। पटिहानीमा पाँचवटा ठूला र पाँचवटा पर्यटकको सुविधाका लागि साना होटल रहेका छन्। तीनवटा थ्रिस्टार र पाँचवटा पर्यटकीय सुविधाका होटल बन्दै छन्। जगतपुर क्षेत्रलाई समेत जोड्दा करीब सात सय ५० बेड क्षमता रहेको उनले बताए। पर्यटक आकर्षित गर्न घटगाईंमा ‘सन सेट भ्यू प्वाइन्ट वीथ अम्ब्रेला स्ट्रिट’ निर्माणको काम अघि बढाइएको छ। आगामी ६ महिनाभित्र सो टावर तयार हुने अध्यक्ष महतो बताउँछन्। यहाँबाट पर्यटलले सूर्यास्त, राप्ती नदी, वन, वन्यजन्तु र चराचुरुंगीको अवलोकन गर्न सक्नेछन्।

पर्यटकले बयलगाडा चढेर पटिहानी घुम्न रुचाउने गरेका छन्। यहाँका थारू बस्तीका अधिकांश घर कंक्रिटका बनेकाले थारू कल्चरल भिलेज बनाएर जाने योजना रहेको अध्यक्ष महतोले सुनाए। पटिहानीको पर्यटनमा थारू संस्कृति पनि प्रमुख भएकाले थारू जातिको रहनसहन, खानपान, संस्कृति र जीवनशैलीलाई समेटी ‘थारू कल्चरल भिलेज बनाउन डिपिआर तयार गर्ने काम अघि बढेको उनले जानकारी दिए। चार बिघा जमिनमा पूर्वाधार तयार गर्ने गरी काम सुरु गरिएको छ। सहकारीका माध्यमबाट परम्परागत झल्को दिने थारू गाउँ बनाइने उनको योजना छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App