coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्रीका लागि बेलायतमा दौड सुरु

डाउनिङ स्ट्रिबाहिर राजीनामाको घोषणा गर्दै बेलायती प्रधानमन्त्री थेरेसा मे।

लन्डन (बिबिसी)– बेलायती प्रधानमन्त्री थेरेसा मेले आउँदो महिना पदबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु भएको छ। मेले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि उनको दल कन्जरभेटिभ पार्टीको नेता को बन्ने भनेर प्रतिस्पर्धा सुरु भएको बिबिसीले उल्लेख गरेको छ।

कन्जरभेटिभ दलका केही नेता दौडमा देखिएका छन्। जसमध्ये स्वास्थ्यमन्त्री म्याट ह्यान्कक पनि एक हुन्। उनी प्रतिस्पर्धामा सहभागी हुन चाहने पाँचौं कन्जरभेटिभ (टोरी) नेता हुन्। उनले युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) लागू गर्नु अत्यन्त जरुरी रहेको भन्दै थेरेसा मेको उत्तराधिकारीले संसद्बाट त्यस्तो प्रस्ताव पारित गराउनका लागि आवश्यक सम्झौताहरुका सम्बन्धमा क्रुर इमानदारिता देखाउनु पर्ने बिबिसीसँगको कुराकानीका क्रममा बताएका छन्।

सत्ताधारी कन्जरभेटिभ पार्टीभित्रको नेतृत्वको प्रतिस्पर्धाले नै बेलायतको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्ने बताइएको छ। आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भइसक्ने कन्जरभेटिभ पार्टिका नेताहरुले अपेक्षा गरेका छन्।

प्रधानमन्त्री थेरेसा मेले शुक्रबार आफूले पार्टी नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन्। उनले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हाली रहने पनि बताएकी थिइन्। उनले टोरी ब्याकबेञ्च १९२२ कमिटी भनिने सत्तधारी पार्टीका सांसदहरुको समूहका अध्यक्ष, सर ग्राहम ब्र्याडीसँग आफूले पद त्यागेको एक सातापछि नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु हुनु पर्ने सहमति गरेकी छन्।

प्रधानमन्त्री थेरेसा मेले शुक्रबार आफूले पार्टी नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन्। उनले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हाली रहने पनि बताएकी थिइन्।

हालसम्म पाँचजना उम्मेद्वारले नयाँ पार्टी नेता बन्ने दौडमा सहभागी हुने चाहना सार्वजनिक गरेको बिबिसीले उल्लेख गरेको छ। जसमा   विदेशमन्त्री जेरमी हन्ट, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट, स्वास्थ्यमन्त्री म्याट ह्यान्कक,    भूतपूर्व विदेशमन्त्री बोरिस जनसन र भूतपूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मक्भे रहेका छन्। आफ्नो उम्मेदवारी घोषणा गर्दै स्वास्थ्यमन्त्री ह्यान्ककले ब्रेक्जिटका कारण देखिएको गतिरोधको अवस्थाको अन्त्य गर्न अर्को आम निर्वाचन गर्न आवश्यक नरहेको बताए। उनले अर्को निर्वाचन गर्नु देशका लागि ठूलो क्षतिको अवस्था हुने र त्यसबाट लेबर नेता जेरमी कोर्बिन सत्तामा पुग्न सक्ने भनि व्यंग्यात्मक टिप्पणी पनि गरेका छन्।

त्यसको बदलामा बरू हालै संसद्बाट ब्रेक्जिटसम्बन्धी सम्झौता पारित गर्ने सम्बन्धमा ध्यान केन्द्रित गरिने उनको भनाइ रहेको थियो। गत वर्षको मार्च महिनासम्म कन्जरभेटिभ पार्टीसँग १ लाख २४ हजार सदस्य रहेका थिए। पार्टी सदस्यमध्येबाट चुनिएका पछिल्ला नेता सन् २००५ मा डेभिड क्यामरुन थिए। सन् २०१६ मा थेरेसा मे निर्विरोध चयन भएकी थिइन्। मेको राजीनामापछिको अवस्थालाई हेर्दा कन्जरभेटिभ पार्टी सदस्यले दलको नेतासँगै प्रधानमन्त्रीको लागि पनि प्रत्यक्ष रूपमा चयन गर्ने यो पहिलो अवसर हुनेछ। डाउनिङ स्ट्रिटबाट पद त्याग्ने घोषणा गर्दै प्रधानमन्त्री थेरेसा मेले भनेकी छन, ‘उनको उत्तराधिकारीले सन् २०१६ मा भएके जनमत संग्रहको नतिजालाई सम्मान गर्ने गरी अगाडिको बाटो रोज्नु पर्छ।’

युरोपेली संघबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा बेलायतमा सन् २०१६ मा जनमत संग्रह भएको थियो। त्यस जनमत संग्रहमा बहुमत जनताले बाहिरिनु पर्ने पक्षमा मतदान गरेका थिए। तर ब्रेक्जिटको प्रक्रियाबारे ठोस निर्णय हुन नसक्दा अन्ततः प्रधानमन्त्री मेले पदबाट राजीनामा दिएकी छन् र बेलायतले यसै वर्षको अक्टोबर महिनासम्म सम्झौतासहिता वा बिना कुनै सम्झौता युरोपेली संघबाट बाहिरिनुपर्नेछ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App