coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टेस्ट खेलाडीलाई एकदिवसीय जिम्मेवारी

कोलम्बो – पछिल्ला ९ एकदिवसीय खेलमा ८ हार भोग्दै  ४ वर्षभन्दा बढी समय एकदिवसीय खेलबाट टाढा रहेका कप्तानको नेतृत्वमा इङ्ल्यान्ड विश्वकपमा सहभागी श्रीलंकन टोली कमजोर मनोबलका साथ मैदान उत्रँदै छ। १९९६ को विश्वविजेता श्रीलंकाले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए पनि २०१७ पछि खेलिएका एकदिवसीय क्रिकेटमध्ये एक तिहाइ खेलको नतिजा गुमाएको छ।

त्यस क्रममा टोलीमा ६ कप्तान परिवर्तन भइसकेका छन् र टोलीलाई विश्वकपमा टेस्ट ओपनर दिमुथ करुणारत्नेले नेतृत्व प्रदान गर्नेछन्। करुणारत्नेलाई टेस्ट क्रिकेटको उत्कृष्ट ब्याट्सम्यान मानिए पनि सीमित ओभरका खेलमा निरन्तरको खराब प्रदर्शनपछि उनी २०१५ यता एकदिवसीय टोलीमा समावेश छैनन्। वर्तमान टोलीमा रहेका शीर्ष क्रमका ब्याट्सम्यानले निरन्तर खस्किएको प्रदर्शन गरेपछि छनोटकर्ता करुणारत्नेप्रति सकारात्मक बनेका हुन्।

३१ वर्षे करुणारत्नेले मार्चमा पहिलो पटक टेस्ट टोलीको कप्तानी गर्दै दक्षिण अफ्रिकाविरुद्धको शृंखला २–० ले जितेको थियो। अस्ट्रेलिया र इङ्ल्यान्डपछि दक्षिण अफ्रिकामा टेस्ट शृंखला जित्ने तेस्रो टोली हो। तर करुणारत्नेले विश्वकपमा टोलीको दरिलो उपस्थिति प्रमाणित गर्न जादुमयी प्रदर्शन गर्न आवश्यक छ। मंगलबार स्कटल्यान्डविरुद्धको खेलसँगै करुणारत्नेले एकदिवसीय क्रिकेटमा पुनरागमन गरेका थिए।

श्रीलंकाले डर्कवर्थ लुइस पद्धतिमा ३५ रनको जित हात पारेको खेलमा करुणारत्नेले ८८ बलमा ७७ रन प्रहार गरेका थिए। श्रीलंकन टोलीको तीव्र गतिको बलिङ आक्रमणको नेतृत्व लासिथ मालिंगाले गर्नेछन्। मालिंगाले हालै मात्र सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बईलाई विजेता बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए।

श्रीलंकाको प्रमुख समस्या ब्याटिङमा  छ। टोलीले पछिल्लो ४ एकदिवसीय खेलमा पूरै ५० ओभरको खेल खेल्न सकेको छैन। यस क्रममा कुनै पनि ब्याट्सम्यानले शतक प्रहार गर्न सकेका छैनन्। श्रीलंकाले जसन १ मा कार्डिफमा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्राको थालनी गर्नेछ।

प्रकाशित: १२ जेष्ठ २०७६ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App