८ वैशाख २०८१ शनिबार
खेल

भारतलाई कोहलीको भरोसा

जेठ – इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकपको उपाधिका दाबेदारमध्ये एक भारत पनि हो। आगामी मे ३० तारिखदेखि सुरु हुने विश्वकपमा भारतीय टोलीका लागि मुख्य हतियार कप्तान विराट कोहलीले नै हुन्। भारतले दक्षिण अफ्रिकाविरुद्ध जुन ५ तारिखदेखि विश्ववकपको यात्रा सुरु गर्नेछ।

३० वर्षे कप्तान विराट कोहली साउथह्याम्पटनको रोज बल हुने पहिलो खेलमा जित निकाल्दै उपाधिको दाबेदारीसमेत प्रस्तुत गर्न चाहन्छन्। कोहली आइसिसी एकदिवसीय क्रिकेटमा नम्बर एक ब्याट्सम्यानसमेत हुन्। सन् १९८८ नोभेम्बर ५ मा जन्मिएका कोहली हाल तीनै फरम्याटमा भारतीय क्रिकेट टोलीको नेतृत्व गरिरहेका छन्।

विश्व क्रिकेटमा भरपर्दा ब्याट्सम्यानको छवि बनाएका कोहलीले दायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान हुन्। कोहलीले भारतको जर्सीबाट २ सय २७ एकदिवसीय क्रिकेटमा ५९.५८ औसतले १० हजार ८ सय ४३ रन बनाएका छन्। यस क्रमममा कोहलीले ४१ शतक र ४९ अर्धशतक पनि सामेल छ। कोहलीको व्यक्तिगत उच्च स्कोर १ सय ८३ रन छ।

कोहलीको नाममा कुल ४ विकेटसमेत छ। उनको उत्कृष्ट प्रदर्शन १५ रन खर्चिएर एक विकेट छ। कोहलीले यसअघि दुई विश्वकपको अनुभव लिइसकेका छन्। कोहलीले सन् २०११ र २०१५ को विश्वकप खेलेका थिए। सन् २०११ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधि भारतलाई दिलाउन उनको भूमिका महत्वपूर्ण थियो।

सन् २०१५ को विश्वकपमा भारतलाई सेमिफाइनसम्मको यात्रा तय गराउन कोहलीले महत्वपूर्ण प्रदर्शन गरेका थिए। यद्यपि, कप्तानीको रूपमा भने कोहलीका लागि आगामी विश्वकप पहिलो हुनेछ। त्यसैले यस पटक कोहलीले कप्तान र ब्याट्सम्यानको रूपमा अहम् भूमिका निर्वाह गर्न सक्नेछन्। कोहलीले उमेरसमूहबाट भने विश्वकपमा नेतृत्व गरिसकेका छन्।

सन् २००८ मलेसियामा सम्पन्न भारत यु–१९ विश्वकप क्रिकेटमा च्याम्पियन हुँदा कोहली नै टोलीका कप्तान थिए। उनले भारतका लागि सन् २००८ मै श्रीलंकाविरुद्धको खेलबाट डेब्यु गरेका थिए। सोही आधारमा पनि कोहलीले सन् २०११ मा विश्वकप खेल्ने अवसर पाएका थिए। कोहलीले विश्वकपमा आफ्नो पहिलो खेलमै बंगलादेशविरुद्ध शतक प्रहार गर्न सफल भए। त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटको करियरमा कोहलीले कहिले पनि पछाडि फर्केर हेर्नुपरेन।

सन् २०१७ को जनवरीमा महेन्द्रसिंह धोनीले कप्तानीबाट राजीनामा दिएपछि कोहलीले नै तीनै फरम्याटको नेतृत्व गरिरहेका छन्। त्यसबीच कोहलीले शृंखलाहरूमा सफलता दिलाउँदै भारतले विश्व वरीयतामा शीर्ष स्थानमा पनि पु¥याइसकेका छन्। व्यावसायिक क्रिकेटमा भने कोहली हालसम्म असफल कप्तान मानिँदै आएका छन्। इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैङ्लोरको कप्तानी गर्दै आएका कोहलीले टोलीलाई उपाधि दिलाउन सकेका छैनन्।  विराट कोहली
देशः भारत
उमेरः ३० वर्ष
ब्याटिङः शीर्ष क्रमका दायाँ हाते ब्याट्सम्यान
बलिङः दायाँ हाते मिडियम पेस

प्रकाशित: १२ जेष्ठ २०७६ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App