लण्डन–इङलिस लिग कप अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गर्र्देै लिभरपुल इङलिस लिग कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो।
खेलको ९ औं मिनेटमा ड्यानियल स्टरिजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा गोल गर्दै स्टरिजले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । खेलको ७६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोट्नह्यामका जान्सेनले खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यो खेलमा फर्कन प्रयाप्त भएन र लिभरफुल २–१ गोल अन्तरले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गर्यो।
इङलिस लिग कप अन्तर्गत गए राति सम्पन्न अन्य खेलमा आर्सनलले रिडिङलाई २–० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा दुवै गोल अलेक्स अक्सलेडले गरेका थिए । त्यस्तै न्युक्लासल युनाइटेडले प्रोस्टनलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।
प्रकाशित: १० कार्तिक २०७३ ०५:१३ बुधबार