६ वैशाख २०८१ बिहीबार
समाज

गृहमन्त्रीद्वारा तातोपानी अनुगमन, बुधबारबाट नाका सञ्चालनमा

सिन्धुपाल्चोक– सञ्चालनको पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले तातोपानी नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। नाका सञ्चालनअघि तातोपानीमै पुगेर उनले नाकाको सुरक्षा अवस्था अनुगमन गरेका हुन्।

बुधबारदेखि नाका सञ्चालनमा आउँदै छ। जिल्लास्थित सुरक्षा निकायका अधिकारीसँग उनले तातोपानी र समग्र जिल्लाको शान्ति, सुरक्षाबारे जानकारी लिए। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी सीमा सुरक्षा र राष्ट्रिय अनुसन्धानका प्रमुखसँग नाका सुरक्षा प्रभावकारी बनाउने बारे छलफल गरे। ‘नाका सञ्चालनमा आउँदै छ। यहाँको सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिनु होला,’ उनले निर्देशन दिँदै भने।

नाकाबाट चीन विरोधी गतिविधि र अन्य अपराधिक गतिविधि हुन नहुने तर्फ गृहमन्त्री बादलले सुरक्षा अधिकारीहरुलाई सचेत गराए। भूकम्पपछि सुरक्षालाई कारण देखाउँदै चीनले लामो समय नाका सञ्चालनमा चासो देखाएन । मानवीय आवागमन नहुने सर्तमा नाका सञ्चालनमा आउँदै छ। मालवाहक साधन ढुवानी गर्ने प्रयोजनका लागि मात्र नाका खुल्न लागेको हो।

चीनले तातोपानीलाई आफू विरोधी र स्वतन्त्र तिब्बत पक्षमा गतिविधि हुने नाकाको रुपमा बुझ्दै आएको छ। ‘हामी सबै मिलेर यो बुझाइलाई सकरात्मक दिशातर्फ लैजानु पर्ने छ,’ गृहमन्त्रीको निर्देशन उदृत गर्दै एक सुरक्षा अधिकारीले भने।

चीन सरकारको सहयोगमा बनेको तातोपानी सुख्खा बन्दरगाह लगायत संरचना बुधबार हस्तान्तरण हुने उद्योग तथा वाणिज्य मन्त्रायका प्रवक्ता नवराज ढकालले बताए। ‘सोही दिनबाट व्यापारिक कारोवारसहित नाका सञ्चालनमा आउँछ,’ उनले नागरिकसँग भने। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि नाका बन्द रहँदै आएको छ।

प्रकाशित: ११ जेष्ठ २०७६ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App