८ वैशाख २०८१ शनिबार
राजनीति

महाअभियोग प्रस्ताव गल्ती सच्चाउने मौका: सचिव आचार्य

धनकुटा–नेकपा एमालेका सचिव एवं प्रदेस नं. १ का इन्चार्ज भीम आचार्यले महाभियोग प्रस्ताव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा गरेको गल्ती सच्याउने मौका आएको बताएका छन्। राजनीतिक दलका शीर्ष नेताहरुको सहमति गरिएको नियुक्ति पछि लोकमानसिहले राज्य प्रणाली ध्वस्त बनाउने, राजनीतिक दललाई कमजोर पार्ने र अख्तियारको दुरुपयोग गरेकाले महाअभियोग लगाउनु परेको सचिव आचार्यले बताए ।

प्रेस चौतारीले नेपालले बुधबार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव आचार्यले समानन्तर प्रशासन चलाउने र अदालतको मानहानी गरी संबैधानिक ब्यबस्थाको धज्जी उडाउने लोकमानसिंह विरुद्धको महाअभियोग प्रस्ताव सर्वसम्मत पारित हुने दावी समेत गरे।

ठूला दलहरुलाई सहमत हुन नदिने, सरकार फेरबदल गर्न लगाउने र संविधान कार्यन्वयनमा अवरोध पुर्याउने कार्य विदेशी शक्तिले गरिरहेको जिकिर गर्दै सचिव आचार्यले दलहरु सहमति गरेर अगाडि नबढे मुलुकमा प्रतिगमन हुने बताए। संविधान निर्माणमा जस्तै कार्यन्वयनमा सवै दल एकठाउँमा हुनु पर्ने र संघिय संसद, प्रदेस र स्थानीय तहको निर्वाचन गराउनु पर्ने उनले बताए ।

 नेकपा एमालेले प्रदेसको राजधानी टुंगो नलागे सम्म सम्भावित तीनवटा शहरमा प्रदेस कमिटिको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । धनकुटा, ईटहरी र विराटनगरमा सम्पर्क कार्यालय रहने सचिव आचार्यले बताए।
जस्तै नेकपा एमाले धनकुटाले आयोजना गरेको दशैतिहार लगायतका चाडपर्वको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन धनकुटा आएका सचिव आचार्यले अहिलेको संविधानमा सवैजाती भाषा र समदायको अधिकार सुनिश्चित गरेकाले सवैले जगेर्ना गर्नु पर्ने उनले बताए ।

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App