लण्डन- बेलायत भ्रमणमा रहेका वरिष्ठ गायक प्रेमध्वज प्रधान प्रदानलाई ‘बसुन्धरा श्री पुरस्कार–२०७५’ बाट सम्मान गरिएको छ।
लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहका बीच प्रधानलाई राजदूत तथा बसुन्धरा प्रतिष्ठानका कूलपति डा. दुर्गाबहादुर सुवेदी र कोषाध्यक्ष पुनम सुवेदीले मफलर, माला, टोली,नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन्।
शुक्रवार साँझ आयोजित कार्यक्रममा गायक प्रधानको सम्मानमा बेलायतका चर्चित गायक गायिकाले प्रधानले गायका १० वटा गीतको प्रस्तुती समेत गरेका थिए।
‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन’ ‘नमान लाज यसरी’, ‘तारामात्रै होइन तिमीलाई', ‘देउरालीमा बतास चल्यो’, ‘पर लैजाउ फूलहरु’, ‘गुलाफी घुम्टो’ जस्ता कयौं कालजयी गीतका सर्जक प्रधानले कार्यक्रममा आफना लोकप्रिय गीत प्र्स्तुति दिएका थिए।
यस्तै कार्यक्रमको अवसरमा मगर संघ युकेका नयाँ कार्यसमिति, पूर्व अध्यक्ष र संरक्षकलाई बधाई तथा सम्मान समेत गरिएको थियो। कार्यक्रममा बेलायतस्थित नेपाली समुदायको प्रतिनिधीहरुको बाक्लो उपस्थिती थियो।
प्रकाशित: ११ जेष्ठ २०७६ ११:२१ शनिबार