स्मृति

अर्काको भागको त्यो पिटाइ

शनिबार, ११ जेठ २०७६, १३ : १२ नागरिक

सनत सापकोटा
स्कुल पढ्दा कविता कण्ठ पारिन्थ्योे, पार्नै पथ्र्यो। बुझेर होइन, नबुझेरै। गुरुको आदेश तामेल गर्न। नत्र कानका लोती उक्किन्थे, हातखुट्टामा सुम्ला उठ्थे। सरहरू हामीलाई कण्ठ पार्न भन्थे। हामी घर र कहिलेकाहीँ स्कुलमै पनि सस्वर कविता पाठ गथ्र्यौं। कविता कण्ठ भएपछि हामी फुरुङ्ङ पथ्र्यौं। किनकि पिटाइबाट बचियो।कक्षामा सबैका अगाडि आएर मुर्गा बन्नु परेन। डर र लाजको बचाउ गरिन्थ्यो।

गुरुको पिटाइ छल्न जतिसुकै कोसिस गरे पनि कहिलेकाहीँ फेला परिहालिन्थ्यो। अहिलेजस्तो मिठाइ दिएर गल्ती सुधार्ने जमाना थिएन त्यो। गल्ती घरमा होस् वा स्कुलमा सजाय पिटाइ नै हुन्थ्यो। सबै पिटाइ त स्मृतिमा छैनन् र रहँदैनन् पनि। तर कुनै–कुनै पिटाइ भने स्मृतिबाट हटेका छैनन्।

वैशाखमा तराईको घाम १ आँखै तिरमिराउने। दिउँसोको घाम छल्न सबै कामको ‘सेड्युल’ बिहान–बेलुकी मिलाइएको हुन्थ्यो। स्कुलपनि बिहानमै चल्थे। सवा ५ देखि साढे १० बजेसम्म। हामी कक्षा ४ मा पढ्थ्यौं। एक दिन मैले साथीहरूसँग प्रस्ताव राखेँ– ‘आज पौडी खेल्न जाम्।’ खेल्न पाए हुन्न कसले भन्ने रु ‘काँ जानी रु’ रविन्द्रले सोध्यो। ‘कञ्जरुवा,’ मैले भनेँ। म कञ्जरुवासँग भलिभाँति परिचित थिएँ।

बर्खे बिदाका पूरै डेढ महिना र अन्य स्कुल बिदाका दिन दिउँसो म कञ्जरुवामै हुन्थेँ। ती दिन म गोठालो बन्थेँ। गोठालो त बहाना मात्र। हाम्रो काम वस्तुभाउ वनतिर धपाएर दिनभरि पौडी खेल्नु हुन्थ्यो। साँझ आफैं चरेर फर्कने वस्तुका पछाडि लाग्यो, घर आयो। यस ैगरी म पौडीबाज बनिसकेको थिएँ। साथीहरूलाई मेरो पौडी विज्ञता पनि देखाउनुथियो। पौडीका अनेक चर्चा गरेर म उनीहरूलाई लोभ्याउँथेँ। मेरो प्रस्तावमा रविन्द्र र कुमार सहमत भए तर लक्ष्मण मानेन। उसको स्वभाव नै त्यस्तै थियो।

स्कुल छुट्टी भएपछि सरासर तीन जना हाम्रो घर गयौं। साथीहरूले त्यो दिनको भात छोडे। मलाई पनि भोक लागेन। झोला त्यहीँ थन्क्याएर सुटुक्क पौडी खेल्न जाने हाम्रो योजना थियो। आमाले थाहा पाइहाल्नुभो।‘तिमेरु आज काँ जान लाका रु’ आमाले सोध्नुभयो। हामीले मुखामुख गर्यौं। सुरुमा त टार्न खोज्यौं तर सकेनौं।
‘आज हामी पौडी खेल्न जान ला’का,’ मैले भनेँ। ‘यस्ता घाममा।।।१ आमा कराउनुभयो, ‘बिरामी परिन्च अनि।।।।’‘आज एक्कै दिन के,’ मैले अड्डी कसेँ। ‘हुन्न, हुन्न,’ आमाले भन्नुभयो, ‘बाइर यस्तो आगो बल्यो छ।’

हामी हिँड्न पाएकै थिएनौं, सरहरूको टोली हाम्रो आँगनमै टुप्लुक्क आइपुग्यो। धेरैजसो सरहरूको स्कुलबाट घर जाने बाटो यही पथ्र्यो। घरदेखि पाँच मिनेटको दूरीमा थियो स्कुल। स्कुल के, खरले छाएको एउटा लामो टहरो। बारबेर केही थिएन। बीचबीचका खामाले कक्षाकोठाको सिमानाको काम गर्थे। बस्नलाई काठमा मुढा थिए।
सरहरूको अधिकांश समय काट्ने ठाउँ थियो हाम्रो दोकान। हाफछुट्टीमा चिया खान हाम्रै दोकानमा आउँथे। चियासहितको सानो गाउँले दोकान थियो हाम्रो। बाटावारि घर, बाटापारि दोकान।

बिदाका दिन दिनभरि सरहरुको अड्डा जम्थ्यो। एक खालले नभ्याएर दुई खाल, तीन खालसम्म बस्थे। अहिलेको ‘म्यारिज’जस्तै तिन ताक ‘रमी’ र ‘कलबे्रक’ खुब चलेको थियो। एक खालमा चार जना, चार जनामा तीन जना त सरहरू नै हुन्थे। बिहानको पढाइमा पनि १२÷१ बजेपछि जम्मा भइहाल्थे। ‘हेर्नु न बाबु यस्ता घाममा यिनेरु पौडी खेल्न जान तम्स्या छन्,’ आमाले बलराम सरसित पोल लाइदिनुभयो। बलराम सर अर्थात् मेरा माइला बा। बलराम सर हामीलाई नेपाली पढाउँथे।साह्रै क्रूर शिक्षकमा गनिन्थे। कमै हाँस्थे, बोल्थे। धेरै पिट्थे। बलराम सर भनेपछि सबै विद्यार्थी थुरुरु। घरमा पनि उनको शासन कडा थियो।

‘काँ जानी रु’ बलराम सरले हामीतिर आँखा तरे, ‘खबरदार तिमेरु कहीँ गको थाहा पाएँ भने भोलि स्कुलमा तिमेरुको खैरियत छैन।’ बलराम सरले यति भनेपछि काण्ड पुग्यो। कसको हिम्मत उनको विरुद्ध जाने। हामी ङिच्च प¥यौं। सरहरू आआफ्ना घरतिर लागे। हामीलाई के गरौं, के गरौं भयो। हामी दोकान घरतिर आयौं। ‘ए याँ त तास रैचन् नि,’ कुमारका आँखा दोकानघरको झ्यालमा रहेका पुराना तासका गड्डीमा परेछन्। तास समाउँदै कुमारले रविन्द्रतिर हेरेर भन्यो, ‘अब एकछिन तास खेलम् अनि घर जाम्ला।’

‘पौडी खेल्न पाइएन के रे,’ रविन्द्रले उदास स्वरमा भन्यो, ‘अब तास भए नि खेलम् एकछिन।’ हामी भित्रबाट चुकुल ठोकेर भित्री कोठामा तास खेल्न थाल्यौं, जुटपत्ती। अरु खेल्न त आए पो। हामी खेल्नमै मस्त थियौं। बाहिरबाट कसैले बोलाएको आवाज आयो।हामी सतर्क भयौं। ‘टिकाराम दाइ, ए टिकाराम दाइ,’ आवाज गंगाराम सरको रहेछ। भित्र हामी ‘स्ट्याचु’ भयौं। गंगाराम सर कति चाँडो घर पुगेर खाना खाएर आइसकेछन् १ भित्रबाट कुनै जवाफ नपाएपछि गंगाराम सरले ढोका ढक्ढक्याउन थाले। ढोकाको ढकढकसँगै हाम्रो सास बढ्न थाल्यो। भागौं, भाग्ने ठाउँ छैन। बाहिर निस्कौं सरले थाह पाउलान् भन्ने डर। हामी बोल्न पनि सकेनौं। बाहिर आउन पनि सकेनौं। एकछिनपछि आवाज आउन छाड्या े। ढोका ढक्ढक्याउन पनि बन्द भयो।

‘सर गएजस्तो छ,’ हामीले अनुमान लगायौँ।हामी मसिनो स्वरमा खासखुस गर्न थाल्यौं। हामीबीच फेरि खेल्न कि नखेल्ने भन्नेमा दहलफसल भयो। ‘पख् सन्ते, पख्। रविन्द्रे, कुमार तिमेरु पनि १’ गंगाराम सर झ्यालबाट चोर औंला ठड्याइरहेका थिए। हामी स्तब्ध भयौं। हाम्रो होसहवास गुम भयो। ‘आजैदेखि लुकीलुकी तास खेल्नी १’ उनी कड्किए, ‘पख भोलि मैले जान्या छु तिमेरुलाई।’ उनी कुन सड्को पछाडिपट्टि आएर करेसातिरको झ्यालबाट हाम्रो चर्तिकला हेरिरहेका रहेछन्।
मलाई हगौंहगौं, मुतौंमुतौं भयो। घोसेमुन्टो लाएर हामी त्यहीँ बसिरह्यौं। ‘बा खोईरु’ गंगाराम सरले सोधे। ‘कुन्नि,’ मैले मुन्टो नउठाई भनेँ। उनी हिँडे। उनीसँगै हाम्रो सातो पनि हिँड्यो।

‘पख भोलि मैले जान्या छु तिमेरुलाई,’ गंगाराम सरका शब्द हाम्रा कानमा गुञ्जिरहे। पिट्न भनेपछि गंगाराम सर पनि कहलिएकै थिए।उनी लठ्ठी नलिई कक्षा कोठामा पस्दैनथे। कहिलेकाहीँ लठ्ठी ल्याउन बिर्सिए भने पनि ‘जा–जा अफिस कोठामा गएर एउटा लठ्ठी लिएर आइजा’ भनेर कसैलाई पठाउँथे। मलाई भोलिको दिन कहिल्यै नओस् जस्तो लाग्यो। हामी नुन खाएका कुखुराजस्ता भयौं। भोलिको पिटाइबाट बच्ने उपाय खोज्न थाल्यौं। केही सुझेन। ‘भोलि हाम्ले पिटाइ खानी पक्का छ। आओ अब आजैदेखि पिटाइको तालिम लिम्।’ कुमारले उपाय सुझायो, ‘सरले हान्नी हाम्रा यिनै हातमा हो के रे, आजैदेखि हातका छाला मारम्।’

उसले करेसातिरबाट एउटा लठ्ठी खोजेर ल्यायो। ‘ल हात थाप्,’ लठ्ठी उठाउँदै मतिर फक्र्यो। मैले ऊतिर दायाँ हात बढाएँ। स्वाट्ठ मेरो हातमा एक लठ्ठी हिर्कायो। ‘एैया १’ मैले हात तानेँँ। त्यसै गरी उसले हात दियो, मैले हानेँ। ‘एैया १ दुख्यो’ उसले भन्यो, ‘अल्ली सुस्तरी हान्न।’
एउटाले हात थाप्ने अर्कोले हान्ने,अर्कोले हात थाप्ने अर्कोले हान्ने। सुरुसुरुमा विस्तारै हाने पनि पछि जोडजोडले हान्न थाल्यौं।तीनै जनाले पालैपालो यो क्रिया धेरै पटक दोहो-।

हाम्रा हात रगत चुहुलान् जस्ता भए। ‘अब त सरले हाने नि दुख्दैन,’ मैले आफैँले आफ्नो दाहिने हातमा अलि बेस्सरी हान्दै भनेँ। छाला पनि अलिअलि मरेजस्तो भयो।
निकैबेर बितिसकेको थियो। ‘कुमार हिँड् अब घर जाम्,’ रविन्द्रले भन्यो, ‘जे होला भोलि देखा जाएगा।’ उनीहरू गए। म त्यो रातभरि निदाउन सकिनँ। भोलिपल्ट स्कुलमा हाम्रा आँखा गंगाराम सरलाई मात्रै खोजिरहेका थिए। गंगाराम सर आएका थिएनन्। बिहानीको प्रार्थनाका लागि लाइन बस्यौं। गंगाराम सर देखिएनन्। ‘हे भगवान् आज गंगाराम सर स्कुल नआऊन्,’ मैले लाइन बस्दा मनमनै प्रार्थना गरेँ। लाइन सकिएर कक्षामा जाने बेला ढाका टोपी ढल्काउँदै गंगाराम सर त टुप्लुक्क आइपुगे। मेरो मुटु ढक्क भयो।

अब नचाहेर पनि हामी तेस्रो घण्टीको प्रतीक्षा गर्न विवश थियौं। तेस्रो घण्टीमा गंगाराम सर हामीलाई गणित पढाउँथे। पिउन दाइले पहिलो घण्टी ठोके। म झसङ्ग भएँ। पिउन दाइले तेस्रो घण्टी नबजाइदिए हुन्थ्यो जस्तो लाग्यो। एक हातमा चक, डस्टर र किताब अर्को हातमा लठ्ठी हल्लाउँदै बलराम सर हाम्रो कक्षामा पसे। ‘शुभ प्रभात सर,’ कक्षा जुरुक्क उठ्यो। ‘शुभ प्रभात, ल ल बस–बस,’ बलराम सरले भने।

उनी हाजिर कापी निकालेर हाजिर गर्न थाले– ‘रोल नम्बर १।’ कुमारले सरतिर नहेरी उठेर ‘हाजिर सर’ भन्यो। ‘रोल नम्बर २।’ ‘हाजिर सर।’ ‘रोल नम्बर ३।’ ‘हाजिर सर।’ ‘रोन नम्बर ४’ भन्दा बलराम सरले कलम टक्क अड्याए र पुलुक्क मतिर हेरे।।।।।।।।।।‘रोल नम्बर २१, रोल नम्बर २२।’।।।।।।। हाजिर सकियो।
हाजिर कापी टुलमा राखेर उनले किताब फुकाए।‘आज म तिमेरुलाई नयाँ पाठ पढाउँदिन,’ सरले भने, ‘पढेका पाठबाट प्रश्न सोध्छु, हेरम् तिमेरुलाई कत्तिको आउँदो रैछ।’

सबका अनुहार कालानीला भए। सबैले घोसेमुन्टो लाए। सरले मतिर चोर औंलो तेस्र्याउँदै भने, ‘सनत १ ल भन्, ‘राम भात खान्छ। कुन काल हो ?’ म उभिएँ। उत्तर सम्झिन खोजेँ, आएन। म घोरिएँ। उत्तर दिन सकिनँ। उनले फेरि त्यस्तै अर्को प्रश्न सोधे। जसको जवाफ पनि मसँग भएन।   बलराम सरले किताब पल्टाइपल्टाइ यस्ता प्रश्न छानेका थिए जसको उत्तर मलाई आउँदैन भन्ने उनलाई पक्का थियो। मैले त के कुमारलाई सोधेको भए पनि ती प्रश्नको उत्तर दिन सक्दैनथ्यो। तर उनले अरू कसैलाई सोधेनन्।

‘ल अगाडि आइजा,’ उनले भने। मैले मुन्टो उठाएर पुलुक्क उनको अनुहारमा हेरेँ। त्यहाँ क्रोधको आगो सल्किसकेको थियो। म लुरुलुरु अगाडि गएँ। सरले दाहिने हातले मेरो कपाल समाए र देब्रे हातले दाहिने गालामा एक चड्कन हिर्काए, ‘चड्याम्म।’ मेरा आँखा पिल्पिल् भए। ममाथि अर्को झापड प¥यो। ‘पढ्नुलेख्नु छैन,’ उनले हात र मुख सँगै चलाए,‘घाममा पौडी खेल्न जानी १’ चौथो थप्पड हिर्काएपछि मलाई गालामा तातो तावाले डामेजस्तो भयो।‘तासको नाइके तँ नै होइनस् रु’ उनी निरन्तर थप्पड बर्साइरहेका थिए, ‘अब पनि खेल्छस्रु’ ‘खेल्दिनँ सर,’ मेरा आँखाबाट तुरुक्क आँसुझरे। म अब सहन नसक्ने अवस्थामा पुगिसकेको थिएँ। मैले आफ्ना हातले सरको प्रहारको बचाउ गर्न थालेँ।

‘घाममा डुल्छस्रु’ उनका हात चलिरहेकै थिए। ‘डुल्दिनँ सर,’ मेरो स्वर काँपिरहेको थियो। म रुन थालेँ। उनले अब हात चलाउन छोडे। टुलमा भएको लठ्ठी ताने र मेरा हातमा हिर्काउन थाले। म छेक्दै जान्थेँ, उनी झन् जोडले हिर्काउँदै जान्थे। ‘अब गर्दिनँ सर,’ म आर्तनाद गर्थें। मेरो सुरुसुरुको सुँक्कसुँक्क पछि घ्वाँघ्वाँमा परिणत भयो।
म रुन होइन, चिच्याउन थालेँ, ‘एैया आमा १ मरेँ।’ मेरो चिच्याहटसँगै उनको प्रहारको घनत्व पनि बढ्दै गयो। पूरै स्कुलको ध्यान हामीतिर तानियो। सरहरू पढाउन छोडेर हामीतिरै केन्द्रित भए। सबै कक्षाका विद्यार्थी उठेर बलराम सरको ममाथिको प्रहार हेर्न थाले। स्कुल आखिर पारदर्शी न थियो।
यस्तैमा कक्षा १ बाट मेरै रुवाइको समानान्तर आवाज आउन थाल्यो।

‘हेर्न भाइ बाले दाइलाई पिट्नुभयो,’ भाइ रवि र बहिनी ९बलराम सरकै छोरी० बिमला चिच्याईचिच्याई रोइरहेका थिए, ‘बाले दाइलाई मार्नुहुन्च।’ स्कुलभरि तमासा भयो।
पिउन दाइले दोस्रो घण्टी ठोके। बलराम सर पिट्दापिट्दा आधा भएको लठ्ठी भँुइमा फालेर कक्षाबाट बाहिरिए। मेरो पूरै शरीर भत्भती पोलिरहेको थियो। अनुहार मौरीले चिलेजस्तै सुन्निएको थियो। एकछिनपछि मैले दाहिने हात पनि चलाउन सकिनँ। लाग्यो हात भाँच्चियो।

म हिक्कहिक्क गरिरहेको थिएँ। दोस्रो, तेस्रो र चौथो घण्टी कसरी बिते मैले पत्तो पाइनँ। हाफछुट्टीको घण्टी लाग्नेबित्तिकै भाइ र बहिनी मछेउ आए। ‘दाइ बाले तपैँलाई किन हान्नुभको रु’ बहिनीले सोधी। म केही बोलिनँ। हाफछुट्टीमा हामी तीन भाइबहिनी घर आयौं। मेरो हालत देख्नेबित्तिकै आमा आत्तिनुभो, ‘के भयो तँलाई रु’ म बोल्न सकिनँ। हिक्का मात्रै छुट्यो। ‘माइलाबाले पिटेर दाइको हात भाँच्दिनुभो,’ भाइले भन्यो। ‘खोई त हेरम्,’ आमाले मेरो हात समात्नुभयो। ‘एैया १’ मेरो मुखबाट अनायास निस्कियो।

बिस्तारै सर्टको बाहुला माथि तानेर आमाले हात हेर्नुभयो। हात सुन्निएको थियो। हातभरि लठ्ठीका सुम्लैसुम्ला थिए। हात सीधा गर्न मिल्दैनथ्यो। अनुहारभरि औंलाका डाम थिए। गाला पनि पूरै सुन्निएका थिए। आमालाई असहय भएछ, भन्नुभयो– ‘ठनक्क भाँच्चिन नसकेका यिनका हात।’ हाम्रा पछिपछि सरहरू पनिचिया खान हाम्रै दोकानमा आए। सरहरूलाई देख्नेबित्तिकै आमा गर्जिनुभयो। ‘बाबु तपैँले यो के गर्नुभको रु’ आमाले बलराम सरसित भन्नुभयो, ‘हान्नी भनेर नि केटाकेटीलार्ई यस्तरी हान्नी हो त १ हेर्नु त हात भाँच्चियो भनेर छुनै देको छैन।’ बलराम सरको मुख अँध्यारो भयो।‘यसो हप्काइदप्काइ गर्नी, नभए एक दुई थप्पर हान्नी त छुट्टै हो,’ आमाको ममता बोलिरह्यो, ‘यसरी हातै भाँच्चिनी अरी नि हान्नी हो त १’ आमा कराइरहनुभयो। सबै सरहरू चुपचाप सुनिरहे। ‘मैले हातै भाँच्चु भनेर हानेको हुम् र १’ अन्त्यमा बलराम सरले भने, ‘अब तपैँका छोरालाई नछुम्ला भ’न।’ त्यस दिनदेखि बलराम सर अर्थात् मेरा माइलाबाले मलाई पिटेको सम्झना छैन।








यसमा तपाईको मत

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad