बुद्धको नाममा रंगशाला !

शनिबार, ११ जेठ २०७६, १३ : ०५ नागरिक

बसन्त महर्जन
नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनको भरतपुरमा बनाउने भएको छ। यसका लागि नेपाली चलचित्र क्षेत्रका दुई कलाकारको अगुवाइमा रहेको एक फाउन्डेसनलाई जिम्मेवारी दिइएको छ। यसअघि भुकम्प प्रभावित क्षेत्रमा आवास कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेबाट सामाजिक क्षेत्रमा पनि चिनिएका यिनीहरू अब क्रिकेट रंगशालाको निर्माणमा लागेका हुन्। प्रधानमन्त्रीकोसमेत उपस्थिति रहेको कार्यक्रममा फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौता पनि भयो। उक्त रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ राखिएको छ। तर, रंगशालाको नाम बुद्धसँग किन जोडियो र यसले के अर्थ राख्छ भन्ने कुरामा हेक्का राखेको पाइएन। बौद्ध दर्शनका सन्दर्भमा क्रिकेटलगायत अन्य खेलकुदले के अर्थ राख्छ र त्यससँग गौतम बुद्धको नाम जोड्नुको औचित्य वा अनौचित्यबारे अब प्रश्न उठेको छ।  

बुद्ध र बौद्ध धर्मको नाम जहाँ पायो त्यहाँ प्रयोग गर्ने र यससँग कुनै सम्बन्ध नै नभएको विषय क्षेत्रलाई पनि यस नामसँग जोड्नु एक प्रकारले अज्ञानता वा स्वार्थसिद्धि हो। अर्को अर्थमा यसलाई बुद्ध र बौद्ध धर्मप्रति अनादर पनि भन्न सकिन्छ।

बुद्ध नेपालमा जन्मेका हुन् र बुद्धको नाममा केही गर्नुपर्छ भन्ने चेत भएको तर के गर्नु हुन्छ वा के गर्नु हुन्न भन्ने हेक्का नभएको ठुलै जमात नेपालमा छ। विश्वका अनेक कुनाकन्दरामा पुगेका नेपाली पनि बुद्धका बारेमा सामान्य जानकारीको अभावमा यस्तै अनर्गल कामकुरा गरेर बसेका हुन्छन्। बुद्धको शिक्षा प्रचारप्रसार गर्नु नै ‘अधार्मिक’ तथा ‘राज्यद्रोही’ वा ‘विप्लवी’ कार्यको रूपमा लिई बुद्धको नाममा बौद्ध भिक्षु बन्नेलाई राजद्रोहको मुद्दा लगाएर देश निकाला गर्ने एक समय (राणा काल) को नेपाल अहिले त्यही रुपमा नभए पनि त्यसबाट प्रभावित भने छ नै। विश्वमा बुद्ध र बौद्ध धर्मको प्रशंसा धेरै हुने देखेर त्यसको सिको गर्दै प्रशंसा गर्ने तर यस बारेमा सिक्न र सिकाउन आवश्यक नठान्ने जमात पनि ठुलै मान्नु पर्दछ। यो कुनै उपलब्धिपूर्ण कुरा भएन।  

गौतम बुद्ध सांसारिक जीवनका आदर्श होइनन्। बरु सांसारिक जीवनबाट मान्छेलाई विमुख गरी धर्म अभ्यास गर्न र उत्प्रेरणा दिने तथा सत्य बोध गर्नमा मार्गनिर्देशन गर्ने हुन् जसका कारण भवचक्रबाट मुक्ति प्राप्त गर्न सकिन्छ। यस अर्थमा उनलाई ‘जागरुक’ भन्न सकिन्छ र यो भन्नु नै बुद्ध हो। मान्छे सांसारिक जीवनमा आसक्त रहुन्जेल धर्मको कुरामा लाग्न सक्दैनन्। विभिन्न खेल तथा क्रियाकलाप पनि यही सांसारिक जीवनका पर्याय वा आकर्षण हुन्। यी कुराहरुमा भुलुन्जेल मान्छे धर्म अभ्यासमा लाग्न नसक्ने भएर खेलकुदलगायतका मनोरन्जनात्मक क्रियाकलापलाई बुद्धले प्रोत्साहन नगरेका हुन्। अझ बौद्ध भिक्षु भिक्षुणीहरूलाई त गीत, नृत्यु, वाद्यवादनलगायतका कुराबाट टाढा बस्नु पर्ने शील निर्दिष्ट गरिएको छ। खेलकुद लगायतका कुराहरू सांसारिक जीवनमा मान्छेलाई अलमल्याउने र ध्यान तथा ज्ञानबाट विमुख गर्ने क्रियाकलाप भएकै कारण बुद्ध यी कुराहरूप्रति नकारात्मक बनेको भनेर बुझ्न गा¥हो छैन। तर, उनै बुद्धको नाममा यस्ता क्रियाकलाप हुनु विरोधाभासपूर्ण कुरा हो।

खेलकुदले मनोरञ्जनका साथै शारीरिक स्वास्थ्यलाई राम्रो पार्ने पक्ष आफ्नो ठाउँमा छ। शारीरिक स्वास्थ्यलाई बुद्ध कहिल्यै नकार्दैनन्। अन्य मतले बरु शरीर केही होइन, यसमा आसक्त नहोउ भन्छ। कष्ट दिनु नै धर्म मान्छ। अझ जैन धर्ममा त ‘कायोत्सर्ग’ भन्दै शरीर (काय)लाई सुकाएर पठाउनु आदर्श हो। तर बुद्ध त्यस्तो सन्देश दिँदैनन्। बुद्ध चित्तशुद्धिमा जोड दिन्छन् र चित्तशुद्धिका लागि स्वस्थ्य शरीरको दरकार पर्दछ। यही भएर शारीरिक स्वास्थ्यका लागि आहारविहारमा होस पु¥याउन जोड दिइन्छन्। शारीरिक स्वस्थताको लागि खेलकुद मात्रै उपाय होइन पनि। ध्यानबाट पनि शारीरिक स्वस्थता प्राप्त गर्न सकिने मान्यता बौद्ध जगतमा छ जुन व्यवहारमा देखिएकै कुरा भयो।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिगाह ८ कट्ठा भूक्षेत्रमा करिब ३ अर्ब लागतमा निर्माण गरिने यो रंगशालाको आर्थिक स्रोत चन्दा संकलन हो। चन्दा संकलन गर्नु पर्ने अवस्थामा नेपालको प्राथमिकता क्रिकेट मैदानको निर्माण हो कि अन्य पूर्वाधार भनेर गम्नु पर्दछ। नेपालको तड्कारो समस्या भनेकोे शिक्षण संस्था, स्वास्थ्य उपचारका लागि अस्पताल, शिक्षाका लागि विद्यालय वा विश्वविद्यालय, रोजगारी सिर्जना गर्ने कलकारखानाको स्थापना हो। मान्छेको आधारभूत आवश्यकता नै पूरा भई नरहेको अवस्थामा मनोरञ्जनका कुराहरू तपसीलका विषय हुन्। आफ्नो हैसियत भुलेर लवाइखवाइ गरेर हिँड्नेलाई नेपाली समाजमा सामान्यतः ‘सुकुल गुण्डा’ भन्ने चलन छ। यावत् कुरालाई थाती राखेर चन्दा संकलन गरेरै भए पनि मनोरञ्जनका कुरामा बढी आसक्त हुनु भनेको एक प्रकारले ‘सुकुल गुण्डा’ हुनु हो। सुकुलगुण्डा पाराको जीवन शैलीलाई बौद्ध धर्मले अलिकति पनि प्रसय दिँदैन। यही क्रिकेट मैदानको निर्माणका लागि आर्थिक संकलन हेतु वैशाख पूर्णिमा (२०७६)का दिन स्वयम्भू क्षेत्रमा रामरमाइलोको सांगीतिक कार्यक्रम ग¥यो, जुन बुद्ध र बौद्ध धर्मका भावनाभन्दा कोसौं टाढाको गतिविधि हो।  

क्रिकेट मैदानको नाम गौतम बुद्धको नामबाट राखिँदा बुद्धप्रति श्रद्धा व्यक्त गर्नुका साथै बुद्धकै प्रचार हुने तर्क एक ठाउँमा होला। पार्क, विमानस्थल, अस्पताल, विद्यालय आदिको नाम गौतम बुद्धको नामबाट राखेजस्तै क्रिकेट मैदानको नाम राख्दा के बिग्रियो र भन्ने प्रश्न पनि उठाइन सक्छ। ‘गौतम बुद्ध’ नाम हाल भावनासँग सम्बन्धित हुन पुगेको छ र ठूलै समूहको भावना आफूतर्फ आकर्षित गर्न सकिन्छ भन्ने हिसाबकिताबले पनि यो नामको प्रयोगमा मान्छेहरू लालायित हुने गरेको पाइन्छ। यसै मेलोमेसोमा बार, रेष्टुरेन्ट, तन्दुरी, बुचरखाना आदि व्यावसायिक संस्थाले पनि आफ्नो नाम गौतम बुद्धसँग जोड्ने र उनको तस्वीर प्रयोग गर्ने गरेको पाइन्छ। बुद्ध र बौद्ध धर्मसँग गोरु बेचेको साइनोसमेत नभएको तथा विरोधाभासपूर्ण व्यापारिक संघसंस्थाहरू गौतम बुद्धको नामबाट संचालित हुने गरेको देखेर नेपालका लागि श्रीलंकाका राजदूतले केही वर्षअघि आश्चर्य प्रकट गर्नुका साथै खेद पनि व्यक्त गरेको प्रसङ्ग यहाँ स्मरणीय छ।  

नयाँ बनाइने भनिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको नाममा गौतम बुद्धको नाम जोडिनुको खास कारण के हो ? यसको अन्तर्यमा पस्दा बुझ्ने कुरा हो, देशविदेशबाट आर्थिक सहयोगका नाममा चन्दा संकलन गर्न बुद्धको नाम सहायकसिद्ध हुन्छ। यो आपत्तिजनक कुरा हो। यो निर्माण कार्य क्रिकेटप्रेमीहरूको सरोकारको कुरा हो र बुद्ध र बौद्ध धर्मसँग यसको कुनै सरोकार छैन। वास्तवविकता त के हो भने, बौद्ध धर्मको उद्देश्य क्रिकेटजलगायतका कुराहरूबाट समाजलाई विमुख बनाई धर्म–दर्शनतिर उन्मुख गराउने हो। यस अवस्थामा क्रिकेट मैदानको नाम गौतम बुद्धसँग सम्बन्धित बनाउनुको औचित्य छैन। चन्दा संकलन गरेरै भएपनि अस्पताल वा शैक्षिक संस्थाको स्थापना गर्नुमा बरु धार्मिकता पाइन्छ। यस्तो क्षेत्रको नाम बरु गौतम बुद्धको नामबाट राख्नु राम्रो हुन्छ। यस्ता धार्मिक कार्यबाट लाभग्राहीले लाभ पाउने त छँदै छ, दातालाई पनि सामाजिक कार्य गरेबापत पुण्य लाभ हुन्छ।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad