आरुबोटे हत्या प्रकरण

सुनसान पाँचथरका बस्ती

शनिबार, ११ जेठ २०७६, १२ : ५७ गिरिराज बाँस्कोटा

पाँचथर – पछिल्ला दुई निर्मम हत्याका घटनाले यहाँको जनजीवन त्रसित बन्दै गएको छ।  चोक, बस्तीहरुमा, विद्यालय लगायका सार्वजनिक ठाँउदेखि घरहरुमा सुरक्षा चिन्ता व्यक्त गएिको देखिन्छ। जिल्लाका ग्रामिण क्षेत्रका बासिन्दाहरु अझै बढि त्रसिद भएको सुनाउँछन्। बालबालिका र वृद्धवृद्धा बढिनै त्रसित बनेका छन्।

जिल्लाको  मिक्लाजुङ–४  आरुबोटेमा दुई घरमा नौ जनाको हत्या तथा  हिलिहाङ गाँउपालिका–४ को पञ्चमीमा बैशाख अन्तिम साता किशोरीको घाटी रेटेर भएको निर्मम हत्या पछि सो क्षेत्रका बासिन्दाहरु सामान्य जनजीवनमा फर्किन सकेका छैनन्। दुबै घटना विभत्स किसिमबाट भएका थिए। हत्या लगायतका अपराधिक घटनाको कारण त्रासदि उत्पन्न भइरहेको हो। हत्यासँगै नुनमा सिसा मिसाउने, सामुहिक बलात्कार, बालिक बलात्कार लगायतका घटनाक्रममले असुरक्षित महसुस भएको विभिन्न ठाँउका बासिन्दाहरु  बताउँछन्।

‘साझ पर्दै ढोका थुनेर बस्न थालेका छन्। सबैले त्रासकोमात्र कुरा गर्छन्। काममा मन  जान सकिरहको छैनन्’ आरुबोटेका जिवन फियाकले भने ‘निर्मम हत्यापछिको कारुणीक दृष्य देखेका तथा सुनेकाहरु त्रसिद छन्। घरमै असुरक्षित हुने भयले यहाँका बासिन्दालाई थिच्न थालेको छ।’

घटना भएका क्षेत्रमा निक्कै ठुलो त्रास छ भने जिल्लाका अन्य क्षेत्रका बासिन्दापनि असुरक्षित महसुस गर्दै छन्। किशोरीको हत्या भएको पञ्चमीमा त्योबाटो मान्छेहरुनै हिड्न छाडेको स्थानीय  सिद्धदेवि माविका प्रध्यानाध्यपक  भगिश्व योङहाङले बताए।  ‘हत्यामा संलग्न एक जना पक्राउ नपरेकाले फेरि आएर अपराध गर्ने हो कि भन्ने चिन्ता गाँउमा छाएको छ। साना नानीदेखि ठुलाहरुपनि चिन्तित छन्। विभिन्न किसिमका हल्लाले गाँउ त्रसिद छ’–योङहाङले भने।

मिक्लाजुङ क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन भएपनि मनभित्र कता कता डरदेखिरहेको यहाँका बासिन्दाहरु बताउँछन्। यता हिलिहाङका बासिन्दाले किशोरीको हत्या पछि त्रास फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। हत्यामा संलग्नलाई पक्राउ, सुरक्षाको प्रत्याभुति, प्रहरी चौकिको माग गर्दै यहाँका बासिन्दाले ज्ञापन पत्र बुझाएका हुन। अनेकन किसिमका हल्लाहरु फैलिएका छन्।

यसको असरवालवालीकमा बढि पर्ने देखिन्छ’ मनवअधिकारकर्मी प्रेम ओझा भन्छन् ‘विभत्स हत्याको खवरले स्वभाविक रुपमा मान्छे भावुक बन्छ। यहाँत त्रासनै उत्पन्न भएको छ। एकै ठाँउ नौजनाको हत्या हुन चानेचुने अपराध हैन।  किसोरीको हत्याले त्रास दिएको आरुबोटेको घटनाले थप शंसकित बनाएको देखिन्छ। यस्ता घटनाले असुरक्षीत महसुस गर्दै बसाई सर्ने क्रमपनि बढ्न सक्छ।’

अनेकन किसिमका आशंकाले थप त्रास दिएको पाईन्छ। जिल्ला बाहिर तथा देश बाहिर रहेकाहरुले फोन गर्दै घटनाबारे अनेकन आशका तथा खोजि नीति गर्दै सुरक्षा चिन्ता जनाएको देखिन्छ। राति निन्द्रा नलाग्ने , मृतकहरुको अनुहार आँखामा आहिरहने, काम गर्न मन नजाने अवस्था रहेको आरुबोटे बजारकी कुमारी माङलाकले बताइन्।

वैशाख महिना र यो अवधिसम्ममा भएको अपराध, दुर्घटना तथा भवितव्यका घटनाहरु बढि हुदापनि  चिन्तामा बढोत्तरी भएको हो। जिल्ला बाहिरबाट जागिर तथा अन्य शिललिशमा आएकाहरु पनि चिन्ता व्याक्त  गर्न थालेका छन्। ‘आफन्त तथा साथिभाईहरुले चिन्ता व्यक्त गर्छन्। उनीहरुले कुरा  गरेपछिथप  डर बढ्दै छ। राती निन्द्रै लाग्दैन’– एक स्वास्थ्यकर्मीले भनिन्।

नौँ जनाको हत्या हुने प्रकृतिको घटनाले आम नागरिकमा त्रास देखिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँर पनि स्वीकार्छन्। ‘घटनाहरुको अनुसन्धाले दोषि तथा कारणहरु पत्ता लागेपनि केहि सहजता हुने छ।  यो बेला समाजका अगुवाहरुले सामान्यकरण गर्न पहल गर्नु पर्छ। सुरक्षा व्यवस्था हामी मिलाउछौँ’–उनले भने।

बढ्दै अपराधको  ग्राफ
पछिल्लो दिनहरुमा जिल्लामा अपराधको ग्राफ बढ्दै गएको छ। चालु आर्थिक वर्षको हालसम्ममा  १३ जनाको हत्या भएको तथ्याङ जिल्ला प्रहरी कार्यालयसँग छ। गत वर्ष जिल्लामा ५ जनाको हत्या भएको तथ्याङ प्रहरीसँग छ। यो वर्ष ४ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन्। प्रहरीसँगको तथ्याङक हेर्दा चालु आर्थिक वर्षको हालसम्ममा १३ बलात्कार र ११ बलात्कार प्रयासका घटना भएको देखिन्छ। 

यो अवधिमा १६ वटा बेवारिसे शव, २१ वटा भबितव्य र २४ जनाकले आत्माहत्या गरेको तथ्याङक प्रहरीसँग छ। पारिवारिक किचलो, सामान्य विवादमै हत्यासम्मको अपराध हुने गरेको अनुसन्धान अधिकृतहरु बताँउछन्। अत्याधिक मादपदार्थ सेवन, प्रतिशोध र अवेगकका कारण बढि अपराधिक घटना हुने गरेको उनीहरुको बुझाई छ।

अझै पक्राउ परेनन् किशोरीका हत्यामा संलग्न
वैशाखको अन्तिम साता हिलिहाङ–४ पञ्चमीमा  १५ वर्षिया किसोरी शिलत योङहाङको हत्यामा संलग्न भएको भनिएका फाल्गुनन्द– ३ का पदम तामाङलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। हत्यामा संलग्न भएका भनिएका भगिरथ बास्तोलालाई घटना भएको भोलिपल्ट फिदिमबाट पक्राउ गरेपनि हत्या योजनाकार मानिएका तामाङलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

११ दिन वितिसक्दा पनि तामाङलाई प्रहरीले पक्राउ गर्न नसकेको हो। किसोरीको घाटी रेटी निर्मम हत्या भएको थियो। दोषिलाई प्रक्राउ गरी कारबाहीको माग गर्दै विभिन्न चरणमा दबावका कार्यक्रमहरु समेत भएका छन्। शितलका प्रेमी रहेका भनिएका तामाङले किन हत्याको योजना बनाए भन्ने खुल्न सकेको छैन। केहि दिन किशोरीको गाँउमानै बसेर हत्या गर्ने योजना बनाइएको देखिएको प्रहरीले जानएको छ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार केहि दिन जंगलमाने बसेका थिए। सोहि बेला केटसाथीसँग फोन साटेका थिए। मान्छे नबस्ने घरमा बोलाएर हत्या गरिएको थियो। बास्तोलाले योङहाङलाई समातेको र तामाङले घाटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। बास्तोलालाई फिदिमको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको थियो। तीन दिन देखि दुई जना कात्तिके भन्ने ठाँउमा माक्स लगाएर हिडिरहेको स्थानियले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पहिचान गरेको थियो ।

विद्यार्थी त्रसित, विद्यालय आउने क्रम घट्यो
आफ्नै साथिको हत्या भएको थाहापाएपछि आरुबोटे र पञ्चमी दुबै स्थानका विद्यालयमा विद्यार्थी आउने क्रम घट्दै गएको छ। विद्यार्थी कम विद्यालय आउने, आएकाहरुपनि पढाईमा ध्यान नदिने, त्रसिद जस्तो देखिने गरेको शिक्षकहरुले बताए। हत्या काण्डको असर साना नानीहरुमा बढि देखिएको छ। यसको प्रभाव दिर्घकालसम्म पर्ने खतरा रहेको  अधिकारकर्मी ओझा बताउँछन्।

सोमबार रातिको हत्या काण्ड पछि मिक्लाजुङको आरुबोटे मावि सञ्चालन आउन सकेको छैन। धेरै विद्यार्थी र राम्रो नतिजा निकालिरहेको उक्त विद्यालयका विद्यार्थीहरु त्रसित देखिन्छन्। विद्यालयमा विद्यार्थी अत्यन्त कममात्र आउने गरेको  विद्यालयका प्रध्यानाध्यपक भविन्द्र राईले बताए। ‘शुक्रवार श्रद्धान्जली कार्यक्रम राखेका थियौँ। आएका विद्यार्थीले रुवाबासी मच्चाए। घट्ना आफैमा हृदय विदारक छ।

यसको असर विद्यार्थीमा ठुलो पर्यो’ राईले ‘अभिभावकहरुनै त्रसित छन्। कालिलो दिमाखमा निक्कै असर परेको अनुभव  हुदै छ।’ उक्त विद्यालयमा पढ्ने तीन जनाको हत्या भएको थियो। यस्तै आरुबोटेकै एजुकेशनल इङलिस स्कुलमा पढ्ने एक विद्यार्थीको हत्या भएको थियो। आफूसँगै पढ्ने साथिको हत्या भएपनि डरमात्र लाग्ने गरेको आरुबोटे माविका कक्षा–१० का विद्यार्थी विवेक फियाकले बताए।

यता पञ्चमीको सिद्धदेविमा कक्षा–१० मा अध्ययन गर्ने किसोरीको हत्या भएपछि यहाँका विद्यार्थीपनि उत्तिकै त्रसिद छन्। हत्या नपक्रेकोले फेरी गाँउमा आउने हो कि भन्ने किसिमका डर फैलिएको देखिन्छ। ‘विद्यार्थी आउने क्रम  घट्यो। पढ्नेतर्फ ध्यान जान सकेको देखिदैन। खाली डरका कुराहरु छन्’ प्रध्यानाध्यपक भगिश्वर योङहाङले भने ‘विद्यार्थीहरुलाई सामान्यकरण गर्न निक्कै गाह्रो हुने देखिएको छ।’

प्रहरी चौकी धेरै टाढा
पहाडी भुगोल तथा सडक सुविधाका कारण घटना हुदाँ फिदिम बजार क्षेत्र र प्रहरी चौकी आसपासका ठाँउ बाहेकमा घटना हुँदा प्रहरीले तत्काल ‘रेस्पोन्स’ गर्न सक्ने अवस्था छैन। बस्तीहरु भन्दा टाढा–टाढा रहेका छन्। ‘पहाडको भुगोल, जनशक्ति  लगायका कारण चौकीहरुभन्दा बस्तीहरु निक्कै टाढा छन्’ डिएसपि कुवरले भने ‘प्रहरीले चाहे जती छिटो जनताको घरमा पुग्न सकिरहेको छैन।’ जिल्लामा २९ वटा प्रहरी युनिट छन्।

यि युनिटहरुलाई सबै क्षेत्र समेट्न कठिन हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय, ६ इलाका प्रहरी कार्यालय, १६ प्रहरी चौकी र ६ अस्थायि प्रहरी चौकी रहेका छन्।  पहाडमा बस्ती पातला हुँदा समेत समस्या हुने गरेको पाइन्छ। निक्कै ठुलो क्षेत्र चौकिहरुले हेर्नु पर्ने अवस्था छ।

२६ वर्ष अगाडि टिम्बुरे हत्या काण्ड
२६ वर्ष जिल्लाको फिदिम नगरपालिका–१३  लुङरुपमाको टिम्मुरेमा एकै घरका पाँच जनाको हत्या भएको थियो। ‘टिम्बुरे हत्या काण्ड’ को रुपमा चर्चित उक्त घटना २०५० बैशाखमा भएको थियो। समान्य विवादका कारण पाँच जनाको हत्या भएको खुल्न आएको थियो। उक्त हत्या काण्डमा कुवेर दुलाल, उनकी श्रमती सरस्वती, छोरी कृष्ण, छोराहरु उमेश र उद्धवको विभत्स हत्या भएको थियो। घरमा नरहेका दुई जना छोरीहरुमात्र त्यो बेला बचेका थिए। उक्त घटनामा सलग्न भएकाहरु जेल सजाय भुक्तान गरी सकेका छन्। 

प्रहरी अनुसन्धान  जारी
मिक्लाजुङ हत्या काण्डको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। केन्द्रीय अनुसन्धान व्यूरो, १ नम्बर प्रदेशको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा जुटिरहेको छ।  अनुसन्धाकालागि ठुलो जनशक्ति परिचालन भएको छ। हत्यामा हालसम्मको अध्ययनले मानबहादुर माखीको संलग्नता रहेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्।

उनी एक्लैले हत्या गरेकी अरुपनि थिए भन्ने अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ। पोष्टमार्टमा रिर्पोट आउन बाँकी छ। फरेन्सी टेष्टका विभिन्न कामहरु हुन बाँकि रहेको प्रहरीले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad