मध्यपहाडी लोकमार्ग

काममा ढिलासुस्ती

शनिबार, ११ जेठ २०७६, १२ : १८ दमन राई

खोटाङ – खोटाङका स्थानीय तहका जनप्रतिनिधिले मध्यपहाडी लोकमार्गको  निर्माणमा काममा चरम ढिलासुस्ती गरेको गुनासो गरेका छन्। पुष्पलाल मध्यपहाडी लोकमार्ग योजनाको विषयमा संघीय संसद प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा कालोपत्रे भएर गाडी गुड्नु पर्नेबेलामा कामै नसकिएको र भएका काम पनि गुणस्तरको नभएको गुनासो गरेका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडीका खोटाङभित्र पर्ने कुनै पनि खण्डको कालोपत्रेका काम सम्झौता अवधिमा पूरा नभएको बताए। ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने कुनै पनि खण्डको काम समयमा पूरा भएको छैन। ढिलासुस्ती छ, कतिपय ठाउँमा पुलको काम सुरु नै भएको छैन,’ मेयर रिजालले भने, ‘हामीले ठेकेदारलाई पटक–पटक भनेका छौँ। तर पनि कामको गुणस्तरमाथि प्रश्न उठिरहेको छ।’
मेयर रिजालले मध्यपहाडी सडकले मध्यबिन्दुबाट दायाँ–बायाँ ३१÷३१ मिटर ओगट्दा कतिपय स्थानीयको उठिबास हुने अवस्था देखिएकाले मापदण्ड घटाउन संघीय संसद प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको ध्यानाकर्षण गराए। उनले कतिपय ठाउँमा डिजाईन एकातिर र सडक अर्कोतिरबाट बनाइएको उल्लेख गरे।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जयराम–हलेसी सडक साँघुरो हुँदा त्रि–धार्मिकस्थल हलेसी आउने–जाने दर्शनार्थीलाई असहज भएको बताए। हरेक साउनबाट सुरु हुने बोलबलको अवधिभर साँघुरो सडकको ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक खटाउनुपर्ने अवस्था रहेको मेयर राईले बताए। राईले जयराम–हलेसी सडक आसपासका स्थानीयले मुआव्जा लिए पनि हाल सडक मिचेर नयाँ घर टहरा बनाउनेक्रम नरोकिएको उल्लेख गरे। ‘जयरामदेखि हलेसीसम्मको सडक साँघुरो छ। कालोपत्रेको काम उस्तै गुणस्तरहिन छ,’ मेयर राईले भने, ‘मुआव्जा लिए पनि सडक आसपासमा घर टहरा बनाउन छाडिएको छैन। सडक मिचेर बनाइएका संरचना हटाउनका लागि हामीले सडक बिभाग हर्कपुरलाई पटक–पटक पत्राचार गरे पनि सुनुवाई भएको छैन।’ मेयर राईले हेभ्भीवेटका सवारी साधनको थर्कनले हलेसीलाई अशर गरिरहेको, बाहुनीडाँडाको राँगाकाटेका एक घुम्ती भत्किए अन्य घुम्ती पनि भत्किने अवस्था भएकाले विकल्प सोच्नका लागि समितिको ध्यानाकर्षण गराएका छन्।
सहभागी जिल्ला समन्वय समितिका सदस्य चर्च बिकले मध्यपहाडीको काममा गुणस्तर कायम गराउन समितिकी संयोजक कल्याणी खड्कालाई सुझाव दिए।

‘अख्तियारको ल्याव टेष्ट रिपोर्ट खोई ?’
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले वर्ष दिन बित्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्गको कालोपत्रेको नमूनाको ल्याव टेष्ट रिपोर्ट सार्वजनिक नगरेको बताएका छन्। मध्यपहाडी अन्तरगत जयराम–बिजुले सडक खण्डको कालोपत्रेको काम गुणस्तरहिन भएको व्यापक जनगुनासो आएपछि अख्तियारको प्राविधिकको टोलीले २०७४ साल चैत १५ गते ‘डेन्सिटी टेस्ट’ गर्नुका साथै कालोपत्रे काटेर नमूनाका लागि शिलबन्दी गरेर काठ्माण्डौं लगे पनि सोको रिपोर्ट हालसम्म सार्वजनिक नगरिएको बताएका हुन्। अख्तियारको टोलीले सडकबीचको कालोपत्रे काटेर शिलबन्दी गरेर लगेको देखेका स्थानीय समेत ल्यावको तथ्यका विषयमा जान्न इच्छुक रहेको मेयर राईले बताए। ‘अख्तियारले ल्याव परिक्षणका लागि लगेको कालोपत्रेको नमूनाको रिपोर्ट अहिलेसम्म आएको छैन,’ राईले भने, ‘रिपोर्ट सार्वजनिक नहुँदा कालोपत्रेको काम सही थियो वा थिएन भन्ने जानकारी बारेमा अन्योल छ। गलत काम भएको भए ठेकेदारलाई कस्तो कारबाही भयो भन्ने जानकारी बाहिर ल्याइएको छैन।’
कालोपत्रेको काम गुणस्तरहिन भएको जनगुनासो आएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर राई, उपमेयर बिमला राईले प्राविधिक लिएर २०७४ साल फागुन २४ गतेदेखि २७ गतेसम्म जयराम–हलेसी र हलेसी–बिजुले खण्डको कालोपत्रेको अवस्था अनुगमन गरेका थिए। अनुगमनकाक्रममा मेयर राईले ठाउँ–ठाउँमा कालोपत्रे कोट्याएको केही समयपछि अख्तियारले स्थलगत अध्ययन र परिक्षणका लागि ईन्जिनियर सन्तोष निरौला, ल्याव अधिकृत बिनोद शाह र सव–ईन्जिनियर गगन बुढाको टोलीलाई खोटाङ पठाएको थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...