coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विनोद बने 'दिप्रुङ चुइचुम्मा स्टार'

पुरस्कार लिएपछि दिप्रुङ चुइचुम्मा स्टारका विजेता लगायत। तस्बिर: नागरिक

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित प्रथम दिप्रुङ चुइचुम्मा स्टार–२०७५ बिनोद राईले जितेका छन्। याङ्सोलाटारस्थित गाउँपालिकाको प्रांगणमा आयोजित ग्राण्ड फिनालेमा १० प्रतिष्पर्धीलाई पछि पार्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका राईले स्टारको उपाधि जितेका हुन्।

‘साहित्य कला अनि संस्कृतिको सार, भाषा–धर्म बहुलता नै विकासको आधार’ भन्ने नारासहित बैशाख २२ गते कृष्ण मावि टेम्माबाट सुरु भएको प्रतिष्पर्धामा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका दिलीप राई दोश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउका रमेश खड्का तेश्रो भएका छन्। प्रथम भएका राइले नगद ६५ हजारका साथमा एक वटा गीत रेकर्डिङको अवशर, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद १५ हजार प्राप्त गरेको गाउँपालिकाकी उपाध्यक्ष सपना राईले बताइन्। विजेतालाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष राई लगायतले पुरस्कार हस्तान्तरण गरेका हुन्।

गायनमा नयाँ प्रतिभालाई अवसर दिन र प्रतिभाको सम्मानका लागि गाउँपालिकाले प्रतियोगीताको आयोजना गरेको हो। प्रतियोगीतामा पालिकाभित्रका प्रतिभालाई मात्र सहभागी गराइएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन,’ अध्यक्ष राईले भने, ‘अवसर खोजिरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायिक रुपमा गीत संगीतमा लाग्ने वातावरण निर्माणका लागि दिप्रुङ चुइचुम्मा स्टारको आयोजना गरिएको हो।’ प्रतियोगीतामा गायक रुपकुमार राई, गायिका कला राई, गायक रोशन राई (पालुवा स्टार), गायक केवी राईलगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: ११ जेष्ठ २०७६ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App