गन्तव्य

बाघ हेर्न बर्दिया

शनिबार, ११ जेठ २०७६, ०९ : ५३ अमृत भादगाउँले

यतिबेला बर्दियाका पर्यटन व्यवसायी र संरक्षणकर्मी चितवन पुगेका छन्। उनीहरू ‘बाघ हेर्न बर्दिया जाऔं’ भन्ने नारा घन्काउँदै निम्तो बाँड्न त्यहाँ पुगेका हुन्। ठाकुरद्वाराबाट आइतबार सुरु भएको ‘निम्तो  यात्रा’ आज शनिबार बर्दियामै पुगेर पूरा हुनेछ। ठाकुरबाबा नगरपालिका र पर्यापर्यटन विकास मञ्च मिलेर वर्ष २०७६ लाई ‘बर्दिया भ्रमण वर्ष’का रूपमा मनाइँदै छ। भ्रमण वर्षको मुख्य लक्ष्य आन्तरिक पर्यटक बढाउनु हो।  

‘बर्दिया घुम्ने निम्तो बाँड्न र’, मञ्चका अध्यक्ष मोहनलाल चौधरी भन्छन्, ‘उद्यमीलाई बर्दियामा लगानीको वातावरण छ भन्ने सन्देश दिन हामीले यात्रा गरेका हौं।’
आइतबार तीन जना संघीय सभासदहरू सञ्जय गौतम, सन्तकुमार थारू र विमला विकले उनीहरूको ¥याली शुभारम्भ गरेका थिए। ¥यालीमा सहभागी १२ वटा जंगल सफारी जीपमा ७१ जनाको समूह छ।  

समूहले घोराही, लुम्बिनी, बुटवल, तानसेन, पोखरा र चितवनका पर्यटन व्यवसायी, उद्योगी र सञ्चारकर्मीसँग अन्तरक्रिया ग¥यो। तानसेन नगरपालिकाका मेयर अशोक शाहीले ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनो गाँस्ने प्रस्ताव राखेको चौधरी बताउँछन्। त्यसो त उनको मञ्च र पोखरा पर्यटन परिषदले बिहीबार पोखरामा मितेरी साइनो गाँसिसकेको छ। मितेरी साइनोले आपसी पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा ८५ वटा वयस्क बाघ छन्। ती गर्मीमा पानी खान निकुञ्जभित्रका नदी र खोलामा आउँछन्। कहिले समूहमा आउँछन् त कहिले एक्लैएक्लै। टाढैबाट तिनलाई देख्न पाउँदा पर्यटक रमाउँछन्। त्यसैले चैतदेखि असारसम्म बर्दियामा पर्यटकको चहलपहल बढ्छ।

भ्रमण वर्षको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो। तर, प्रदेश सरकारले अपेक्षित सहयोग नगरेको गुनासो सुनाउँछन् चौधरी। ‘भ्रमण वर्षको नेतृत्व प्रदेश सरकारले गरोस् भनेर निकै कोसिस ग¥यौं तर अपेक्षाकृत सहयोग पाएनौं’, उनले भने।  गएको माघ १ गते ठाकुरद्वारामा आयोजित माघी महोत्सवमा बर्दिया भ्रमण वर्ष घोषणा गरिएको थियो। बर्दियाले ०७६ मै भ्रमण वर्ष मनाउनुमा केही कारण पनि छन्। उसले यसपालि (सन् २०१९)मा दुइटा अन्तर्राष्ट्रिय सम्मान प्राप्त ग¥यो। पहिलो विश्वकै पर्यटन महामेला आइटिवी बर्लिन, जर्मनीमा एसिया प्यासिफिक क्षेत्रबाट बर्दिया उत्कृष्ट बन्यो।

उसले दिगो पर्यटनमा गरेका प्रयत्नहरू र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक जर्मनी र ग्रिन डेस्टिनेशनले सम्मान गरेका हुन्। सन् २०१३ देखि सन् २०१८ मा बर्दियामा बाघको संख्या दोब्बर भएको थियो।    त्यसैगरी दोस्रो, प्रख्यात पर्यटन गाइडबुक लोन्ली प्लानेटले बर्दियालाई प्राकृतिक बासस्थानमै धेरै बाघ देखिने दोस्रो गन्तव्यका रूपमा सूचीकृत ग¥यो। संसारभर ३ हजार ८ सय ९० बाघ प्राकृतिक बासस्थानमा छन्। ती मध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा ८५ वयस्क बाघ बस्छन्।

सन् २०१८ को गणनामा बर्दियामा ८७ वटा वयस्क बाघ थिए। ती मध्ये एउटा गाडीको ठक्करले म¥यो भने अर्को विद्युतीय तारमा परेर वित्यो। गर्मीमा पानी खान वा आहाल बस्न निकुञ्जका नदी र खोलामा आउने बाघहरू सजिलै देख्न सकिन्छ। ती कहिले समूहमा हुन्छन् त कहिले एक्लैएक्लै। टाढैबाट देख्न पाउँदा पर्यटक रमाउँछन्। त्यसैले चैतदेखि असारसम्म बर्दियामा पर्यटकको चहलपहल बढ्छ। ‘बाघै हेर्ने हो भने दुई–चार दिन घुम्ने गरी आउनु पर्छ’, नेचर गाइड राजमान चौधरीको सुझाव छ, ‘कहिले एकै छिनमा बाघको दर्शन मिल्छ, कहिले दुई–तीन दिन पनि लाग्न सक्छ।’  

जंगल वाक, जीप सफारी वा हात्ती सफारीमा निस्कँदा बाघ लगायत जनावर देखिन्छन्। बर्दियामा ४१ वटा एक सिंगे गैडा, १२० वटा भन्दा बढी जंगली हात्ती डुल्छन्। अन्य थुप्रै जनावरको पनि बसोबास छ।   कुनै समय राजा÷महाराजाको बाघ तथा हात्ती शिकार खेल्ने थलो बर्दिया आज संसारभरका पर्यटकका लागि वाइल्ड लाइफ अवलोकन गर्ने थलो बनेको छ। दिगो संरक्षणका लागि बर्दियाले संसारमै ख्याति कमाएको छ। संरक्षणको कथा सुन्न र बुझ्न पनि पर्यटक आउँछन्।  
निकुञ्ज ९६८ वर्ग किलोमिटरमा फैलेको छ। सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापना गरिएको थियो। सन् १९८८ मा यसलाई बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरियो।

निकुञ्जमा बाघका साथै गैंडा, घडियाल गोही, डल्फिन लगायत जीवजन्तु संरक्षित छन्। चराहरूको स्वर्ग मानिन्छ बर्दिया। नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् भने बर्दियामा ५२७ किसिमका। नेपालमा ९ प्रजातिका चरा संरक्षित सूचीमा छन्। ती सूचीका ६ थरी त बर्दियामै पाइन्छन्। तिनमा कालो भुँडीफोर, सेतो भुँडीफोर, ठूलो खर मयुर, सानो खर मयुर र राज लाहाँचे हुन्। बर्दियामा पर्यटकले धेरै किसिमका गतिविधि गर्न पाउँछन्। निकुञ्ज प्रशासनका हात्तीमा जंगल सफारी गर्ने सुविधा छ। त्यस्तै पर्यटन व्यवसायीले जीप सफारी गराउँछन्। अनुभवी पथप्रदर्शकसँग जंगलमा पदयात्रा गर्न सकिन्छ।

निकुञ्ज क्षेत्रमा ¥याफ्टिङ सुविधा पनि छ। कर्णाली र गेरुवा नदीमा ¥याफ्टिङ गराइन्छ। चिसापानी पुलबाट दौलतपुरघाटसम्म र चिसापानीबाटै निकुञ्जको हात्तीसारसम्म ¥याफ्टिङ प्याकेज बेचिन्छ। त्यस्तै गैंडा मचानबाट खौराक्रससम्म पनि गराइन्छ। गोही प्रजनन केन्द्र त निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारमै छ। त्यहाँ मगर र घडियाल जातका गोही छन्। गोही प्रजनन केन्द्र हातामै कछुवा प्रजनन केन्द्र पनि छ। त्यतै छ थारु जीवनशैली झल्काउने संग्रहालयमा थारुको जन्मेदेखि मृत्यु संस्कार झल्काउने सामाग्री सजाइएको छ।

त्यसबाहेक निकुञ्ज क्षेत्रका बबई र कर्नाली नदीमा फिसिङ गर्न पाइन्छ। त्यसका लागि निकुञ्ज प्रशासनबाट विशेष अनुमति लिनु पर्छ। थारू जीवनशैलीका लागि निकुञ्जको मध्यवर्ती क्षेत्र उपयोगी छन्। त्यहाँका गाउँमा होमस्टे सुविधा छ। त्यहाँ बास बस्न, खानपिन गर्न र नाचगान हेर्न पाइन्छ।

बर्दियामा थारू समुदायको लोकल परिकार पाइन्छ। निकुञ्ज क्षेत्रका होटलमा पनि थारू परिकार पाक्छ। विशेषतः होमस्टेमा टिपिकल स्वाद भेटिन्छ।  धार्मिक हिसाबले मध्यवर्ती क्षेत्रमा मन्दिर छन्। ठाकुरद्वारामा ठाकुरबाबा (विष्णु) मन्दिर छ। ठाकुरबाबाको दर्शनले मनले चिताएको सबै कुरा पूरा हुने जनविश्वास छ। त्यहाँ माघीमा ठूलो मेला लाग्छ।बर्दिया घुम्न चार दिन छुट्टयाउनु पर्छ। मञ्चका अध्यक्ष चौधरीका अनुसार नेपाली पर्यटकले १५ हजार रुपैयाँमा निकुञ्जमा सबै किसिमका गतिविधि गर्न सक्छन्।

निकुञ्ज घुम्ने पुरानो नाका ठाकुरद्वारा हो। निकुञ्जले सन् २०१८ मा थप ४ नाका खोलेको छ–अम्बासा (अम्रेनी) नाका, रम्भापुर नाका, चेपाङ नाका र बञ्जरिया नाका।
ठाकुरद्वारा क्षेत्रका २६ वटा होटल तथा रिसोर्टमा ५ सय पचास बेड सुविधा छ। नयाँ नाकाहरूमा पनि धमाधम होटल तथा होमस्टे खुल्दै छन्। होमस्टेहरू लोकप्रिय हुँदै छन्। ठाकुरद्वारा नजिकैको डल्ला सामुदायिक होमस्टेले अन्तर्राष्ट्रिय चिनारी बनाइसक्यो। बेलायती राजकुमार हयारी २१ मार्च २०१६ मा डल्ला होमस्टे भ्रमण गरेका थिए। त्यहाँका २१ घरमा होमस्टे सुविधा छ।

पर्यटकीय भौतिक पूर्वाधारहरू थपिँदै छन् ठाकुरद्धारामा। त्यहाँ बैंकहरूको एटिएम सुविधा छ। माछापुच्छे« बैंक, नेपाल बैंक लिमिटेड र कर्णाली बैंकले त्यस्तो सुविधा दिन्छन्। होटल तथा रेष्टुराँमा वाइफाई सुविधा पाइन्छ। रेष्टुँरामा नेपाली, चाइनिज, कन्टिनेन्टल आदि परिकार मग्मगाउँछ।  आकर्षक गन्तव्य हुँदाहुँदै पनि बर्दियामा पर्यटकको चहलपहल बाक्लो छैन। गत  वर्ष ६ हजार विदेशी र ३० हजार नेपाली पर्यटक घुमेका थिए। बर्दिया भ्रमण वर्षले पर्यटक बढाउने आशा गरिएको छ।
नेपालगञ्ज–पोखरा हवाई उडान र नेपालगञ्ज वा धनगढीबाट भारतीय सहरहरुमा उडान गर्न सके बर्दिया लगायत समग्र सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटनलाई फाइदा पुग्ने देखिन्छ।

कसरी पुग्ने  : काठमाडौं–नेपालगन्ज हवाई उडान १ घन्टा। अथवा काठमाडौं–नेपालगन्ज ५०० किमी बसमा। नेपालगन्ज–अम्बासा–ठाकुरद्वारा ९० किमी। पूर्वपश्चिम राजमार्गको अम्बासबाट १३ किमीमा ठाकुरद्वारा। अम्बासाबाट अटो रिक्सा चढ्नु पर्छ। ठाकुरद्वारा–काठमाडौं सोझै बस सुविधा पनि छ।   
 
होटलमा छुटैछुट 

मोहनलाल चौधरी
अध्यक्ष, पर्यापर्यटन विकास मञ्च
‘बाघ हेर्न बर्दिया’ भन्ने नाराका साथ हामीले बर्दिया भ्रमण वर्ष–२०७६ मनाइरहेका छौं। दिगो पर्यटन गन्तव्यका रूपमा संसारभर बर्दियाले ख्याति कमाएको छ। त्यो सन्देश नेपाली माझ पनि पु¥याएर बढी भन्दा बढी आन्तरिक पर्यटक भिœयाउन भ्रमण वर्ष मनाइरहेका हौं। यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत मद्दत पु¥याउने छ। बर्दिया भ्रमण वर्षमा बर्दिया घुम्न आउनेहरूलाई होटल तथा रिसोर्टका कोठामा २५ प्रतिशत छुट दिएका छौं। सात समुन्द्र पारिदेखि बर्दिया घुम्नै भनेर विदेशी आउँछन् भने हामी नेपालीले आफ्नै मुलुक किन नघुम्ने ? घुमौं आजै। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...