८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोनाका कप्तान मेसीलाई छैटौंपटक गोल्डेन बुट

एजेन्सी – छैटौं पटक बार्सिलोनाका कप्तान लिओनेल मेसीले युरोपेली गोल्डेन बुट हात पारेकाछन्। युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।

शुक्रबार राती भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि मेसीको उपाधि पक्का भएको हो ।मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी हो ।

मेसीको लगातार तेस्रो जित हुँदा स्पेनिस ला लिगाबाट विजेता घोषित भएको भने यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट खेल्दै ३१ गोल गर्दा उक्त अवार्ड जितेका थिए । त्यसयता स्पेनिस लिगका खेलाडीले नै उपाधिमा दवदवा कायम गरेका छन् ।

अर्जेन्टिनाका मेस्सीले यस सिजन ३६ गोल गरेर याे अवार्ड आफ्नो बनाएका हुन्। गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन शु अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९–१० मा ३४ गोल, २०११–१२ मा ५०, २०१२–१३ मा ४६ र २०१६–१७ मा ३७ गोल गर्दै गोल्डेन शु जितेका थिए ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App