coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘फोहोरमैलाले जलवायु परिवर्तनमा प्रभाव पारेकाले न्यूनीकरण आवश्यक’

फोहोरमैलाले गर्दा जलवायु परिवर्तनमा प्रभाव पारेकाले यसलाई न्यूनीकरण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन्। उपत्यकामा बढी मात्रामा फोहोरमैला अव्यवस्थित भएपछि जलवायु परिवर्तनमा प्रभाव भएकाले फोहोरलाई व्यवस्थापन गर्नुपर्ने उनीहरूले बताएका हुन्।

फोहोरमैला अव्यवस्थित भएकाले जलवायु परिवर्तनमा प्रभाव भएकोे विज्ञहरूले बताएका छन्। वातावरणविद् भूषण तुलाधारले फोहोरमैलाका कारणले गर्दा जलवायु परिवर्तनमा प्रभाव पारेकाले फोहोरमैला व्यवस्थापन गरी यसको न्यूनीकरण गर्नुपर्ने बताए।

‘फोहोरमैला, वनजंगल फँडानी, साधनका धुवाँ, धुलो लगायतले हरितगृह ग्यास उत्पादन हुँदा जलवायु परिवर्तनमा प्रभाव पारेको छ,’ उनले भने, ‘मानव सिर्जितबाट पनि जलवायु परिवर्तन भएको छ। उपत्यकाको फोहोरमैलालाई न्यूनीकरण गर्न महानगरपालिकाले पहल गर्नुपर्छ। फोहोरबाट महानगरपालिकाले मोहोरमा परिणत गर्नुपर्छ।’ उनका अनुसार फोहोरमैला व्यवस्थापन नहँुदा जलवायु परिवर्तनमा प्रभाव भई जलस्रोतको कमी, कृषि उब्जनीमा कमी, खानेपानीको हाहाकार, वनजंगलमा डढेलो, भौतिक संरचनामा खतरा र ठूलो लगानी लाग्ने गर्छ। अव्यवस्थित फोहोरमैलाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर गरेको छ। त्यसैले यसलाई व्यवस्थापन गर्न आवश्यक छ। उपत्यकामा अव्यवस्थित सहरीकरणले पनि जलवायु परिवर्तनमा प्रभाव पारेकोले स्वाच्छ हरियाली र फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

‘संंसारमा फोहोरले गर्दा ३.६ प्रतिशत हरित ग्यास उत्सर्जन हुने गरेको छ,’ उनले भने, ‘जसले गर्दा जलवायु परिवर्तनमा प्रभाव परेको छ। दिगो सहरीकरणले जलवायु परिवर्तन र यसको असर कम गर्छ।’ फोहोरमैला अव्यवस्थित हुँदा जलवायु परिवर्तनमा   प्रभाव पारेकोले जलवायुमैत्री फोहोर व्यवस्थान गर्न पुनः प्रयोग गर्न नसकिने फोहोर मात्र ल्यान्डफिल्ड गर्ने, कुहिने फोहोरलाई कम्पोस्ट मल र वायोग्यास बनाउनुपर्ने तुलाधर बताउँछन्।   महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न हरेक वडालाई फोहोरमैलाबाट कौशी खेती गर्न लगाउने बताए।

‘फोहोमैलाले जलवायु परिवर्तनमा प्रभाव परेको छ। यसले हाम्रो लागि नै समस्या निम्त्याएको छ,’ उनले भने, ‘हरेक वडालाई फोहोरमैलाबाट कौशीखेती गर्न लगाउने योजनामा छौँ। स्वच्छ र हरियाली वातावरणमा बाँच्न पाउने सबैको अधिकार छ। त्यसैले यसैमा महानगरपालिका अगाडि बढेको छ। यसमा सबैको सहयोग चाहिन्छ।’ फोहोरमैलालाई व्यवस्थित गरी हरियाली सम्बन्धमा नीति ल्याएकाले १२ महिनै फूल फुलाउने योजना ल्याएको उनले बताए।  

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहोरमैला व्यवस्थापन गर्न ३२ वटै वडामा स्वयंसेवक परिचालन गरिने बताउँछन्। ‘फोहोरमैलाले गर्दा जलवायु परिवर्तनमा प्रभाव परेको छ,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्नको लागि हामीले ३२ वटै वडामा समिति गठन गरी १५ सय स्वयंसेवक परिचालन गर्न लागेका छौँ। स्वयंसेवक खटाउँदा पनि बाहिर फोहोर फालेको पाइएमा जरिवाना गराउने छौँ।’

हरेक वडामा स्वयंसेवक खटाएपछि केही फोहोरमैला व्यवस्थापन भई वातावरण प्रदूषित नहुने उनको अनुमान छ। जलवायु परिवर्तनलाई रोक्न स्थानीय सरकारले व्यापक छलफल गरी अघि बढ्ने उनले बताए।

के हो जलवायु परिवर्तन ?
जलवायु परिवर्तन भनेको पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत् तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यति नै विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ। जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ। तर, कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुन गई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ।

बिरुवा नभएको ट्रि–गार्ड हटाइने
काठमाडौं महानगरपालिकाले बिरुवा नभएको ट्रि–गार्ड हटाउन लागेको छ। महानगरभित्रको सडकको किनारमा विरुवा नभई निजी कम्पनीले व्यापार व्यवसायको लागि मात्रै हालिएकाले ट्रि–गार्ड हटाउन लागेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

‘सडकको पेटीमा बिरुवा नभई केही निजी संघसंस्था र कम्पनीले व्यापार÷व्यवसाय बढाउन ट्रि–गार्डमा विज्ञापन मात्रै देखिएको छ,’ उनले भने, ‘सहर हरियाली हुनुको साटो सौन्दर्य घटेको छ। यस्ता ट्रि–गार्ड छिट्टै हटाउँछौँ।’ त्रिपुरेश्वर, बागदरबार, सुन्धारा लगायतका विभिन्न सडकका किनारमा नबिल बैंक, चौधरी ग्रुपलगायत संघसंस्थाले महानगरसँग साझेदारी गरेर बिरुवा रोपेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App