७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

पानी कति पिउने ?

पानी कति पिउने भन्ने विषयमा फरक–फरक धारणा आएका छन्। कतिपय सक्दो पानी पिउनुपर्छ, कोही दैनिक तीन लिटर पानी पिउनुपर्छ भन्छन्। तापनि पानी कसरी र कति पिउनुपर्छ भन्नेबारे सही मान्यता स्थापित हुन सकेको छैन।

१९औं शताब्दीताका कतिपय समाजका सम्भ्रान्त मानिस बढी पानी पिउनुलाई खानाको अभाव या विपन्नतासित जोडेर हेर्थे। पानीले पेट भर्ने काम गरिबले मात्र गर्छन्। धेरै पानी पिउनु सम्पन्नहरूको सभ्यताविरोधी पनि मानिन्थ्यो। तर आजका मानिस पर्याप्त पानी पिउने गर्छन्। नेपालमा पनि पानी पर्याप्त पिउनुपर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ। तर कति पिउने भन्नेबारे सही मान्यता भने स्थापित हुन सकेको छैन।

कतिपयले धेरै पानी पिउनाले छाला चम्किलो बन्ने  र कतिपयले तौल घट्ने सुझाव दिन्छन्। मानिसहरू हरेक दिन कम्तीमा दुई सय ४० मिलिलिटर पानी पिउने सल्लाह दिन्छन्। यो नियम कसरी आयो ? सन् १९४५ मा अमेरिकी फुड एन्ड रिसर्च सेन्टरले एक वयस्क मानिसले एक हजार क्यालोरी पचाउन एक लिटर पानी पिउनुपर्ने सल्लाह दिएको थियो। यसको अर्थ दुई हजार क्यालोरी लिनेले दुई लिटर पानी पिउनुपर्छ। तर यसको अर्थ सिधा पानी मात्र होइन कि दुई लिटर पानी पुग्न चिया, दूध, जुस, तरकारी, फलफूलमा पनि पानीको मात्रा हुन्छ र त्यो पानी पनि जोडिनुपर्छ।

सन् १९७४ मा प्रकाशित फेडरिक स्टेयरकी न्युटे«सन फर गुड हेल्थ पुस्तकमा वयस्क मानिसले दैनिक आठ गिलास पानी पिउन सुझाव दिइएको छ। यो पुस्तकमा पनि अन्य खानेकुरामा प्राप्त हुने पानीको मात्रा जोडेर पिउन सुझाव दिइएको हो। यी दुवै सुझावले पानी धेरै पिउनु भनेको छैन। हाम्रो शरीरको कुल तौलको दुई तिहाइ पानी हुन्छ। यसमा पोषक तŒव मिल्छ। पानीले शरीरको खराब तत्व बाहिर निकाल्नमा पनि भूमिका हुन्छ। हाम्रो शरीरको तापक्रम नियमित राख्न र शरीर नरम राख्नमा पनि पानीले काम गर्छ। शरीरभित्र हुने रसायन पनि पानीले बगाएर लैजान्छ। यसका साथै हाम्रो पसिना, पिसाब तथा श्वासको गन्ध पानीले बाहिर निकाल्छ। यसकारण शरीरमा पानीको मात्रा जतिबेला पनि आवश्यक हुन्छ। शरीरमा एक गिलास पानीको कमी भयो भने पनि जलवियोजनको सिकार हुन्छ।

दैनिक आठ गिलास पानी पिउने भ्रम संसारभर नै छ। यही सोचको हावी भइरहेकाले पानीको कमी हुने समस्या यथावत छ। विज्ञहरू यो भन्छन् कि शरीरमा जति आवश्यक पर्छ, त्यति मात्र पानी पिउनुपर्छ। अमेरिकी टप्टस विश्वविद्यालयका विशेषज्ञ इर्विन रोजेनवर्गले शरीरमा पानीको सन्तुलनको विषय हजारौं वर्षदेखिको विकास प्रक्रियाबाट आएको बताएका छन्। जतिबेला मानिस सामुन्द्रिक जीवबाट जमिनमा पुग्यो।

मानिसको शरीरमा पानीको आवश्यक भएमा मस्तिष्कमा थाहा हुन्छ। मस्तिष्कले मानिसलाई प्यास लागेको संकेत दिन्छ। मस्तिष्कमा यस्तो हर्मोन उत्पत्ति हुन्छ कि जसले पानी कमी भएमा पिसाब नै पहेलो बनाइदिन्छ। यसको अर्थ हो प्यास लाग्नुको कारण शरीरमा पानीको कमी भइसकेको छ। तर  प्यास लागेपछि मात्र पानी पिउनु गल्ती हो। प्यास लाग्नेबित्तिकै हामी चिया, कफी, चिसो पेय पदार्थ या अन्य पेय पदार्थ लिएर पनि पानीको कमी पूरा गर्न सक्छौं। तर यी पदार्थमा पाइने रसायनको असर भने भुल्नुहुँदैन।

नियमित रूपमा पानी पिउँदा शरीरको तौल बढ्दैन। एक अमेरिकी इन्स्टिच्युटले धेरै पानी पिउनेहरूको तौल छिटो घट्ने औंल्याएको छ। सोही विश्वविद्यालयको लन्डन कलेजकी बारबरा राल्सले मिठो गुलियो पेयपदार्थ पिउनुको सट्टा सादा पानी पिउँदा तौल घट्ने बताएकी छिन्। सादा पानीमा क्यालोरी नहुने हुनाले तौल घट्ने हुन्छ। जुन मानिस दैनिक आठ गिलास पानी पिउँछ, उसको शरीरमा कुनै हानि पुग्दैन।

कति पानी पिउने ?
हामी शरीरलाई चाहिएको भन्दा बढी पानी पिइरहेका हुन्छौं। बेलायती एक विज्ञ भन्छन् कि अति गर्मी हुने ठाउँका मानिसले दैनिक धेरैमा दुई लिटर पानी पिउन आवश्यक छ। बेलायतको नेसनल हेल्थ सर्भिसको एडवाइजरीले दैनिक ६ देखि आठ गिलास पानी पिउनु उचित हुने सुझाएको छ। यसमा अन्य तरलपदार्थ तथा खाद्यान्नबाट निस्कने पानी पनि जोडिएको छ।

६० वर्षपछि पानीको प्यास लाग्ने शक्ति शरीरमा कमी हुँदै जान्छ। यस्तो उमेरमा कति पानी पिउने भन्ने विषय भन्न सकिँदैन। यसकारण दैनिक आठ गिलास पानी पिउने सूत्र यो उमेरमा लागु हुँदैन। जतिबेला पानीको आवश्यकता अनुभव हुन्छ, त्यतिबेला पिउँदा फाइदाजनक हुन्छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App