coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

छाला निरोगी राख्न महको प्रयोग

छाला सफा राख्न
मह छालाको गहिरो मसाजका लागि उपयुक्त वस्तु हो। महमा भएका तŒवहरू छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र नरम राख्छन्। यसका लागि महको मास्क बनाउने, एक चम्चा मह सफा र सुक्खा छालामा लगाउने र १५ देखि २० मिनेट राखी चिसो पानीले पखाल्ने।  

महले छालामा क्लिन्जरको काम गर्छ। थोरै मह छालाको प्वालमा पुग्छ र प्वालको मुखमा रहेको कालो भागलाई नरम बनाउँछ। महले छालामा कीटाणु अक्सिडेन्टविपरीत  काम गर्छ। साथै यसले छालाका मसिना प्वालमा रहेका फोहोरलाई सफा गर्छ। छालाको फोहोर सफा गर्न नरिवलको तेल मिसाउने। यो लेपलाई अनुहारमा लगाएर विस्तारै मालिस गर्ने। आँखालाई जोगाएर मालिस गरेपछि चिसो पानीले पखाल्ने।

छालामा स्क्रवको रूपमा प्रयोग
– महलाई स्क्रवको रूपमा प्रयोग गरे छालामा चमक आउँछ। यसका साथै कृत्रिम स्क्रवले छालामा हुनसक्ने राता बिमिरा या एलर्जी हटाउन पनि सकिन्छ। महको स्क्रवले छालाका मृतकोषलाई हटाई नयाँ सेल निस्कन मद्दत गर्छ। यसको प्रयोगले छालामा थप चमक आउँछ।

महलाई स्क्रवको रूपमा प्रयोग गर्न दुई चम्चा महमा एक चम्चा बेकन सोडा मिसाउने। पानीले अनुहार भिजाउने विस्तारै अनुहारमा यो लेपले मालिस गर्ने। मालिस गर्दा रक्तसञ्चार हुने गरी गर्नुपर्छ। मह प्राकृतिक स्क्रवको रूपमा प्रयोग गर्न सकिन्छ नै, यसले कीटाणुविरुद्धको काम पनि गर्छ र छालालाई नरम बनाउँछ कुनै पनि दुखाइमा महको लेप लगाए दुखाइ कम हुन्छ र सुन्निएको भाग पनि छिटो निको हुन्छ।

अनुहार चम्काउन
– एक चम्चा महमा एक चम्चा नरिवल वा ओलिभको तेल मिसाउने। यसरी मिसाएको लेपलाई प्रभावित छालाको भागमा लगाउने र औंलाले दुई मिनेटसम्म विस्तारै मालिस गर्ने। त्यसपछि सफा तथा तातो लुगा अनुहारमाथि राख्ने। यसलाई केही दिन जारी राख्नुपर्छ।

घामले डढेको छालामा उपयोगी
– घामले डढेको छालामा मह एकदमै उपयोगी औषधि मानिन्छ। महले डढेको कोषमा पोषण पु¥याउने काम गर्छ र यसले पुन छालामा कोषहरू बन्न थाल्छन्। यसका लागि एलोभेराको रसमा मह मिसाएर लेप बनाउने र त्यो लेप नियमित प्रयोग गर्नाले विस्तारै डढेको छालाको कोष हट्छ र छाला सुन्दर बन्छ।

डन्डिफोर र बिमिरा हटाउन
– महको प्रयोगले अनुहारको डन्डिफोर हटाउँछ। महमा हुने कीटाणुविरुद्धको शक्तिले अनुहारको बाहिरी सतहमा मात्र फाइदा गर्दैन। यसको प्रयोगले साना प्वालबाट भित्रीतहसम्म पुगेर डन्डिफोर हटाउँछ। यसका लागि काँचो महलाई प्रभावित भागमा लगाउने र १५ देखि २० मिनेटसम्म राख्ने। त्यसपछि चिसो पानीले पखाल्ने। नियमित यो क्रम जारी राखेमा डन्डिफोर हटेर जान्छ।

अनुहारमा चाउरीपन आउन नदिन
– महमा रहेको प्राकृति अक्सिडन्ट विरोधी तŒवले अनुहारमा चाउरी तथा रेखा आउन दिँदैन। घरमै महको मास्क बनाएर अनुहारमा कम्तीमा आधादेखि एक घण्टा राख्ने। यसले छालालाई लचकदार बनाउँछ र चाउरीपन आउन दिँदैन। अनुहारमा चमक पनि आउँछ।

 

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App