पढाइ अघि बढाउन विद्यार्थीलाई ऋण

शनिबार, ११ जेठ २०७६, ०७ : १३ नागरिक

भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रतिविद्यार्थी पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्। आर्थिक कारणले कुनै विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनले जनाए।

भक्तपुरको कालीघाट व्यासीस्थित वासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा नगर प्रमुख प्रजापतिले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपाल भाषा विषयमा छात्रछात्रालाई आकर्षित गर्न नगरपालिकाका तर्फबाट छात्रवृत्ति प्रदान गर्दै आएको पनि जानकारी गराए। प्रजापतिले नगरपालिकाले कुनै व्यक्ति विशेषका निम्ति नभई सिंगो समाजलाई बौद्धिक बनाउने सोचले अगाडि बढिरहेको धारणा राखे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईलें विद्यार्थीको उज्ज्वल भविष्यको निम्ति विद्यालयले निरन्तर विद्यार्थी केन्द्रित गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताए। स्कुलकी प्राचार्य अम्बिका न्याइच्याइँले नयाँ शैक्षिक सत्र २०७६ सालमा एक सय ८० जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी गराइन्। भक्तपुर नगरपालिका–२ का अध्यक्ष हरिप्रसाद वासुकलाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायत सबै क्षेत्रलाई व्यवस्थित ढंगले अघि बढाइरहेको दाबी गरे।

कार्यक्रममा स्रोत व्यक्ति धु्रव हमाल, विद्यालयका प्राइमेरी इन्चार्ज विष्णुप्रसाद दुमरु, सहायक प्राचार्यद्वय रविलाल प्रधान र राजकुमार ह्यौंमिखा, अभिभावक प्रतिनिधि शिवकृष्ण कोजु, वासु माविका विद्यार्थी हित समितिका अध्यक्ष अजय क्षेत्रीलगायतले पनि विद्यालयको विविध पक्षमा आआफनो धारणा राखे। कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad