८ वैशाख २०८१ शनिबार
अर्थ

मोन्टे कार्लोका तिहार लक्षित जाडोका पोसाक

काठमाडौं- उलनका उत्पादनको विश्वप्रसिद्ध ब्रान्ड मोन्टे कार्लोले जाडोका लागि आवश्यक तयारी पोसाक भित्र्याएको छ। नजिकिँदो तिहारलाई समेत लक्षित गर्दै कम्पनीले जाडो स्वेटर, कोट, पाइन्ट लगायतका सामाग्री भित्र्याएको हो। जम्बो फेसनले नोपालमा बिक्री वितरण गर्दै आएको उक्त फ्रान्सेली कम्पनीका उत्पादनले नेपाली ग्राहकको समेत मन जित्दै आएको छ । गुणस्तर, उचित प्राइज र सबै सिजन, सबैवर्गलाई हुने उत्पादन भएकाले ग्राहको मन जितेको कम्पनीको दाबी छ । ‘हाम्रो कम्पनीमा सबैलाई सधैं प्रयोग गर्न मिल्ने आइटम छ,’ कम्पनीकीस्टोर म्यानेजर निसी शर्माले भनिन्, ‘हामीले सिभिल मल, दरबार मार्ग र कुमारीपाटीमा फ्रेन्चाइज गरेका छौं ।’

कम्पनीमा विभिन्न जेन्स, लेडिज र बच्चाका आइटम रहेका छन् । हाल कम्पनीले जेन्ट्स आइट अन्र्तगत स्वेटर, कोट, ट्र्याकसुट, ज्याकेट, सर्ट, नर्मल पाइन्ट, कटन पाइन्ट, टि–सर्ट लगायतका आइटम रहेका छन् । त्यस्तै लेडिज आइटममा लेडिज कोट, स्वेटर, ट्र्याक सुट, वनपिस, टिसर्ट, कुर्थासेट लगायतका सामग्री रहेका छन् ।

म्यानेजर शर्माले दिएको जानकारी अनुसार नेपालमा जम्बो फेसनले मोन्टे कार्लोबहुराष्ट्रिय कम्पनीको सेवा विस्तार भएको ७ वर्ष भयो ।  ‘नेपालमा मोन्टे कार्लोले लक्ष्य पूरा गर्न सफल रहेको छ,’ उनले भनिन्, ‘दोहोरिएर आउने ग्राहककम्पनीका उत्पादनप्रति सन्तुष्ट छन् ।’ उनले तिहारका लागि स्पेसल डिस्काउन्ट अफर नरहे पनि जाडो महिनाका सामग्री आयात भएको जानकारी दिइन्।

‘दसैंमा ५० प्रतिशतसम्म छुट अफर कम्पनीले दिएको थियो,’ उनले भनिन्, ‘बहुराष्ट्रिय कम्पनीको निर्देशन अनुसार नै हामीले अफर दिने हो ।’ उनले जाडोका आइटमआइसकेको र कति आउने क्रममा रहेको जानकारी दिइन् ।

गतवर्ष भुइँचालो र नाकाबन्दीले  व्यापारमा ठूलो असर गरेको जानकारी दिँदै उनले यो सिजनमा व्यापार विस्तारै बढ्दै गएको बताइन् । ‘नाकाबन्दी र भुइँचालोले गतवर्ष कम्पनीलाई धेरै नोक्सान भयो,’ उनले भनिन्, ‘तर यो वर्ष व्यापारविस्तार भएको छ ।’शर्माले यो सिजन कम्पनीले दिएको लक्ष्य मिट गरेको बताइन् । बहुराष्ट्रिय कम्पनी मोन्टे कार्लोको फ्रेन्चाइज गर्दै लगिने शर्माले जानकारी दिइन् । उनले छिट्टै पोखरामा पनि फ्रेन्चाइज गरिने बताइन् ।

विश्व प्रसिद्ध मोन्टे कार्लो फेसन कम्पनी लिमिटेड सन् १९८४ मा फ्रान्समा स्थापना भएको थियो । फ्रान्सकोओस्वाल उलन मिल्स र भारतको पञ्जाबमा नहर ग्रुपले उत्पादन गर्दै आएका छन् । नेपालमा पञ्जाबमा बनेका मोन्टे कार्लोका उत्पादन आयात हुने गरेको छ ।

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App