coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

घमण्ड पलाए भारतीय वामपन्थीको हालत हुन्छः नेपाल

सपथ ग्रहण कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्बिरः नागरिक

नेपालगन्ज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले प्राप्त गरेको उपलब्धीलाई जोगाई राख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कार्यकर्तामा घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको हालत हुने भन्दै सचेत रहनुपर्ने उनले बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५५ सदस्यीय जिल्ला कमिटीलाई शुक्रबार नेपालगन्जमा पद तथा गोपनियताको सपथ गराउँदै पुर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन्।

भारतमा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी शक्तीले एउटा पनि सिट ल्याउन सकेन, वामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भन्ने कुराको पाठ भारतबाटै सिक्न सकिनछ,’ नेपालले भने ‘नेता, कार्यकर्तामा घमण्ड, लोभ लालच, राज्य शक्तिको दुरुपयोग र आलोचना सुन्न नसक्ने प्रवृत्ती बढ्दै गए कम्युनिष्ट आन्दोलन सकिन समय लाग्दैन।’ पार्टी नेतृत्वप्रति संकेत गर्दै उनले नेताले घमण्ड नगरी जनताले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताए। पुर्वप्रधानमन्त्री नेपालले भारतको लोकसभा निर्वाचनबाट नेपालका कम्युनिष्ट पार्टीले सिक्न जरुरी रहेको धारणा राखे।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा सम्पन्न सपथ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दलबहादुर राना, मोहम्मद हारुन, दिनेशचन्द्र यादव, महेश्वरजंग गहतराज, देबराज भार, दलबहादुर सुनार, अकलबहादुर बम लगायतले बोलेका थिए।

प्रकाशित: १० जेष्ठ २०७६ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App