७ वैशाख २०८१ शुक्रबार
समाज

युनुसलाई समात्न प्रहरीको चार घण्टा 'कोभर्ट' अप्रेसन

काठमाडौं– राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका प्रहरीको सुराकीले दिएको विशेष सुचनाको आधारमा करोडौं भारतीय नक्कली रुपैयाँसहित युनुस अन्सारीको टोली पक्राउ परेका छन्। विभिन्न स्थानमा रहेका सुराकीहरुले दिएको सुचनाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युनुस अन्सारीको टोली पक्राउ परेका हुन्।

‘सधैं झै विमानस्थलमा नेपाल प्रहरी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी खटिएका थिए। तर अन्य दिनभन्दा फरक रुपमा विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारी भने, अवतरण भएको विमानबाट यात्रुहरु बाहिरिनेक्रम सुरु भयो। एसएसपी भण्डारीले भने ‘अरु यात्रु झैं पक्राउ परेका पाकिस्तानी नागरिक कालो सुटकेस गुडाउँदै विमानबाट यता उता हेर्दै निस्किए।’ कतारको दोहाबाट आएको क्यु आर ६४४ विमान बिहान ८:२४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि पूर्व सूचनाको आधारमा अप्रेशनमा खटिएको प्रहरी टोलीले अन्तत नक्कली भारतीय रुपैयाँले भरिएको सुटकेससहित तीनजना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गर्न सफल भएको एसएसपी भण्डारीले बताए। तर पूर्व सूचनाका आधारमा यहाँ अप्रेशनमा जुटेका प्रहरी टोलीलाई थप अरु व्यक्तिको संलग्नता हुन सक्ने भन्दै अनुसन्धानलाई नयाँ मोड दिए।

एसएसपी भण्डारीका अनुसार अनुसन्धानलाई नयाँ मोड दिने क्रममा सतर्क अवस्थामा रहेका सुरक्षा निकायले मालिकको पहिचान गर्नलाई युनुसको टोलीले ल्याएको नक्कली भारतीय रुपैयाँले भरिएको सुटकेस विमानस्थाल बाहिर पठाइयो। उनले भने ‘समातिएकाहरुलाई प्रहरीको कडा निगरानीमा बिफक्रेससहित छाडियो।’ तर सबैको चासो थियो उनीहरुलाई लिन को आउँदैछ। नभन्दै एक युवक देखिए जसलाई देख्दा प्रहरी नै अचम्मित भयो। ती अरु कोही थिएनन, यसअघि जाली नोटको मुद्दामा जेस बसेका युनुस अन्सारी थिए।

नक्कली नोट काण्डमा पटकपटक जेल परिसकेका युनुस नेसनल टेलिभिजनका संस्थापकसमेत रहिसकेका व्यक्ति हुन्। प्रहरीले उनीसँगै अन्य तीन जनालाई पनि समात्यो। समातिनेमा एक जना युवती पनि। सबै मिलाएर प्रहरीले ६ जनालाई नियन्त्रणमा लियो।

पाकिस्तानी नागरिक ६७ वर्षीय नसिरउद्धिन, ४९ वर्षीय मोहम्मद अख्तर र ३९ वर्षिया नादिया अनवर९महिला० लाई  पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए। उनीहरुलाई रिसिभ गर्न पुगेका अन्सारी, उनका साला र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रहरीको प्ररम्भिक अनुसन्धान अनुसार तीन जना पाकिस्तानी नागरिक इस्लामावादबाट कतारको दोहा पुगेका थिए। उनीहरु दोहामै नक्कली नोट तयार पारेर नेपाल आएका थिए। युनुस नै नक्कली नोट कारोबारका मुख्य योजनाकार हुन सक्ने आशंका प्रहरीले गरेको छ। झन्डै एक दशक यता मात्र यति ठूलो परिणाममा भारतीय नक्कली नोट बरामद भएको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानको जिम्मा परिसर काठमाडौंलाई दिइएको छ।

यस अघि प्रहरीको विशेष बव्युरोले ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो। पूर्वमन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चालक रहेका थिए। उनी जेल परेपछि टेलिभिजन बन्द भएको थियो। अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहारसमेत गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App