८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुग्यो

रुकुम– रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिल्लाको भुमे गाउँपालिका ५ बालुवामा भएको दुर्घटना घाइते थप एक जनाको मृत्यु भएको हो।

पुथा उत्तरगंगा गाउँपालिकाको देउखोलाबाट सिस्ने गाउँपालिका ६ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर बिहिबार साँझ सानीभेरी नदीमा खसेको थियो। दुर्घटना स्थलमै सिस्ने गाउँपालिका ४ अमलाचौरका वर्षीय रामचन्द्र बोहराको मृत्यु भएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका ५ का लक्ष्मण ओलीको शुक्रबार दिउँसो जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको छ। ओलीलाई थप उपचारको लागि नेपालगन्ज लैजाने तयारी गरिएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

उनको अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइलीको जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारको लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावतलाई प्रहरी नियन्त्रणमा रहेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको  ।

प्रकाशित: १० जेष्ठ २०७६ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App