coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाअभियोग सिफारिस समितिको प्रतिवेदनका आधारमा निर्णय हुन्छ : नेता सिंह

जुम्ला–नेपाली काग्रेसका  नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रुमख आयुक्त लोकमान सिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा काग्रेस मौन बस्ने बताएका छन्। उनले महाअभियोग सिफारिस समितिको प्रतिवेदनका आधारमा समर्थन गर्ने वा असमर्थन गर्ने भन्ने बारेमा टुंगोमा पुग्ने बताए। कर्णालीमा कार्यकर्ता भेटघाट गर्दै जुम्ला पुगेका  सिंहले महाअभियोग प्रस्ताव दर्ता प्रक्रिया निकै आपत्तिजनक रहेको बताए बताए। ‘कसैलाई जानकारी नदिई पेश भएको प्रस्तावको निर्णय काग्रेसले सहजै रुपमा गर्न सक्दैन,’ उनले भने।

उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेले मिलेर दर्ता गरेको महाअभियोग प्रस्तावको काग्रेसले अहिले नै निर्णय गर्न नसक्ने  जिकिर गरे। तीन तहको निर्वाचनकालागि कार्यकर्तालाई तयारी रहन निर्देशन दिँदै उनले महाअभियोग प्रस्ताव बारे  जनताको चाहना बमोजिम निर्णय लिने स्पष्ट पारे।  उनले भने, ‘महाअभियोग प्रस्ताव बारे व्यवस्थापिका संसदको ऐन, निश्चित प्रक्रिया र विधि बमोजिम अघि बढ्नेछौं।’

नेपालमा भएका पटक पटकका परिवर्तन नेपाली कांग्रेसको निर्णयका आधारमा भएको भन्दै उनले महाअभियाग प्रस्ताव सिफारिस समितिको प्रतिवेदनको आधारमा निर्णय लिने बताए। नेपाली कांग्रेस कानुनी राज्यको परिधि भित्र काम गर्ने भएकोले हतारमा निर्णय गरेर महाअभियोग प्रस्तावका पक्षमा निर्णय नलिने उनको भनाइ छ। हचुवाको भरमा कांग्रेसले निर्णय नगर्ने बताउँदै नेता सिंहले सुझबुझका आधारमा लिइएको कांग्रेसको निर्णयले देशलाई निकास दिने बताए।  उनले सत्तारुढ दलमा रहेको नेपाली कांग्रेसलाई नै जानकारी नदिई पेश भएको प्रस्तावको संसदको विधि प्रक्रियाद्वारा नै समर्थन वा विरोध गर्नेबारे निर्णय हुने बताए।

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App