८ वैशाख २०८१ शनिबार
राजनीति

देउवा आफै गुट निर्माणमा लागेः पौडेल

भक्तपुर– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रजातान्त्रिक पार्टीमा बिचारको गुट सामान्य रहेता पनि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा आफै अस्वस्थ गुट निमार्णमा लागेको बताएका छन्। रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसको गुटका कारण नयाँ संरचना अनुसार पार्टीको संरचनाले पूर्णता पाउन नसकेको बताए।

वर्तमान सरकार संविधान भन्दा पनि सरकार आफ्ना पात्रहरुलाई कसरी मजबुद पार्न सकिन्छ भन्दै संविधानको खिल्ली उडाइरहेका बेला कांग्रेस व्यक्तिलाई नभएर संविधानको सफल कार्यन्वयनका लागि लडिरहको बताए। वर्तमान सरकारका प्रधानमन्त्री संघीयता बिफल पार्न सक्रिय रहेको आरोप लगाएका छन्। प्रदेश र स्थानीय सरकारलाई संविधान बिपरित गएर केन्द्रिय सरकारको इकाइ हो भन्नुले संघीयता बिरोधको आक्रोश प्रष्ट पारेकोे बताए।

पौडेलले बिगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै बिगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता पाउन नसकेको बताए। उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरवारनै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणित गरिदिएको बताए। उनले वर्तमान सरकारका प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघीयता र लोकतन्त्र माथि नै खतरा देखा परकोे बताए।

लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन गलत रहेको भन्दै पञ्चायतकै शैलीमा आफ्नो गुणगान गाउनेका लागि छुट र बिरोधमा जानेलाई जरिवाना र जेल सजाएको प्रवाधान ल्याउन खोज्नुले सरकार लोकतन्त्र बिरोधी रहेको बताए। सरकारले बिभिन्न शक्तिशाली निकाय प्रधानमन्त्रीको मातहतमा ल्याउन खोज्नु गलत अभ्यास भएको र यसले वर्तमान सरकारका प्रधानमन्त्रीको शक्ति सञ्चयको मोह स्पष्ट देखा परेको बताए।

वर्तमान नेकपा सरकारले चुनावमा लगेको घोषणपत्रको धज्जी आफैले उडाइरहेको समयमा प्रधानमन्त्रीको भाषण र व्यवहारमा कुनै तालमेल नपाएको र हालसम्म कुनै विकासका गतिबिधि नहुनु र पुरानै कामलाई निरन्तरता दिनुले प्रष्टाएको उनले बताए।

वर्तमान सरकारका अर्थमन्त्रीले राजश्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको बिषय रहेको भन्दै अर्थमन्त्रीले आफ्नो मन्त्रलायको सामान्य काम समेत गर्न नसक्ने भए अर्थ मन्त्रालयको कुनै औचित्य नरको जिकिर गरे।

भारतमा भएको निर्वाचन मतपरिणाम पश्चात नेपालको राजनीतिमा सकारात्मक प्रभाव देखिन सक्ने उनले बताए।

प्रकाशित: १० जेष्ठ २०७६ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App