७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु: मन्त्री थानी

जुम्ला–सहकारी तथा गरिबी निबारण मन्त्री हृदयराम थानीले कर्णालीको जुम्लामा फ्यूल सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। जुम्लामा फ्यूल सेन्टर राख्न सके कर्णालीको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने उनको भनाइ थियो। आन्तरिक या बाह्य सबै खालका प्रर्यटकले जुम्लाबाटै हवाई यात्रा गरेर कर्णालीको पर्यटकीय क्षेत्र अवलोकन गर्न पाउने गरी व्यवस्था मिलाउन पहल गरिने मन्त्री थानीले विश्वास दिए।

६ नम्बर प्रदेशका कर्णाली भ्रमणमा निस्केका मन्त्री थानीले जुम्लामा पत्रकार भेटघाटका क्रममा   कर्णालीका नदीमा विद्युत बगिरहेको भन्दै यहाँको विद्युत र पर्यटनलाई प्रभावकारी रुपमा अघि बढाउन सकेको खण्डमा ६ नम्वर प्रदेशको आम्दानीको स्रोत निकै बलियो र भरपर्दो हुने बताए।  विद्युत विकासले नै समग्र प्रदेशको विकास संभव भएको उनको भनाइ थियो।

काग्रस केन्द्रीय सदस्यसमेत रहेका थानीले ६ नम्वर प्रदेशको विकासको मार्ग चित्र बनाइ सकेको भन्दै यो प्रदेशको चुनौति, समस्य र समाधानको उपाय समेत अपनाइसकेको बताए।   सहकारी ऐन परिमार्जन गर्ने, गरिबलाई परिचय पत्रसँगै सीप प्रदान गर्ने किसिमले कार्यक्रम ल्याउन लागिएको उनले जनाए।
मन्त्री थानीले स्थानीय निकायको निर्वाचन आगामी चैत महिनामा हुने दाबी गरे। २०७४ माघ सम्म स्थानीय, प्रान्तीय र केन्द्रीय तीनै तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताउदै मन्त्री थानीले निर्वाचनको तयारीमा लाग्न सवै कार्यकर्तालाई निर्देशन दिए।

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App