coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति बनाउने काम भएको बताए। आयोगको प्रतिवेदनका आधारमा बनाईएको राष्ट्रिय शिक्षा नीति मन्त्रीपरिषदमा पेस भईसकेको भन्दै उनले छलफल पनि छिट्टै टुंगोमा पुर्याउने दाबी गरे।

राष्ट्रिय शिक्षा नीति पास भएपछि सोही आधारमा विद्यालय र प्राविधिक शिक्षासंग सम्बन्धति र उच्च शिक्षासंग सम्बन्धीत् दुई विधेयक ल्याउने तयारीमा मन्त्रालय लागेको स्पष्ट पारे।

उनले संघीय संचरचना अनुसार नै शिक्षाका सम्पूर्ण कार्यालयहरुलाई पुर्न संरचना गरिएको , बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको स्पष्ट पारे। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि आफुले मन्त्रीपरिषद् बैठकमा प्रस्ताव गरेको भन्दै उनले बैठकको निर्णय अनुसार नै प्रक्रिया अघि बढ्ने बताए।

संविधानको धारा ५१ अन्तर्गत व्यवस्था गरिएका शिक्षा सम्बन्धी नीती र सो को कार्यान्वनय सम्बन्धमा भएका कामकारवाही बारे जानकारी लिन समितिले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेललाई समितिमा बोलाएको हो।

प्रकाशित: १० जेष्ठ २०७६ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App