७ वैशाख २०८१ शुक्रबार
भिडियो

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन्।

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धि उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताए।

प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने पनि स्पष्ट पारे। राष्ट्रियतालाई मूल आधार बनाएर सो विधेयक अघि बढाउने पार्टीको धारणा रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ।

 

 

प्रकाशित: १० जेष्ठ २०७६ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App