८ वैशाख २०८१ शनिबार
भिडियो

मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेकाे छः शर्मा

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको  अधिकारनै हनन् हुने गरी कानुन बनाउन लागेको आरोप लगाएका छन्। प्रवक्ता शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सो सम्बन्धी विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति जनाए।

शान्ति र विकासका लागि नागरिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मानव अधिकारनै हनन् हुने गरी कानुन बनाउन लागेको भन्दै शर्माले असन्तुस्टि व्यक्त गरेका हुन।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी आफैले गर्ने निर्णय उल्टयाएकोमा पनि आपत्ति जनाए। राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवर्द्धन गर्न पनि सरकार समक्ष नभएको उनको दावी छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App