coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अबको ध्यान पानीमा

श्रद्धा भट्टराई
विश्वमा आज पनि लाखौँ मानिस सफा पानीको पहँुचमा छैनन्।संयुक्त राष्ट्र संघकै तथ्यांक बताउँछ कि यसरी पहुँच नहुनेमा दलित, शरणार्थी र अशक्त मानिसको बाहुल्यता छ। वास्तवमा पानी पिउनमात्र प्रयोग हुन्न।घरायसी काममा प्रयोग हुन्छ भने खेती र ऊर्जा उत्पादनका लागि पनि उत्तिकै प्रयोग गरिन्छ।यसरी हेर्दा ७६ बिलियन मानिस उपभोग्य पानीबाट वञ्चित देखिन्छन्।गत जुनमा संयुक्त राष्ट्र संघले प्रकाशित गरेको जानकारीअनुसार अहिलेको स्थिति हेर्दासन् २०३० सम्म सबैलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने अभियान सम्भव नहुन सक्छ।बरु उल्टै सन् २०५० सम्ममा आधा मानिस सफा पानीबाट धेरै टाढा हुनेछन्।

यसरी पानीको भयाबह समस्या उत्पन्न हुनुको मुख्य कारण बढ्दो जनसंख्या र वातावरणमा आएको परिवर्तन नै हो।त्यसैले विश्वका प्रमुख निकायहरूको अहिलेको ठूलो चुनौती भनेकै पृथ्वीमा उपलब्ध सीमित स्वच्छ पानी र जनसंख्याको उचित सन्तुलन कसरी मिलाउने भन्ने हो। द वाटर ग्याप स्टेट अफ वल्र्ड वाटर २०१८ को तथ्यांकअनुसार पानीको सुविधा नभएको देशको तालिकामा हाम्रो छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा आउँछ जहाँ १६३ मिलियन जनता सफा पानीको सुविधाबाट वञ्चित छन् ।भारतलाई अफ्रिकाको इथियोपियाले पछ्याउँछ जहाँ ६१ मिलियन मानिस सफा पानीको सुविधाबाट वञ्चित छन्। यसरी यो सूचीमा इथियोपियापछि नाइजेरिया, चीन, कंगो, इन्डोनेसिया, तन्जानिया, युगान्डा, पाकिस्तान र केन्या जस्ता देश आउँछन्।

माथि उल्लिखित तथ्यांकहरूको सोझो सन्देश हो– पानीको प्रत्येक थोपाको मूल्य झन्झन् बढ्दो छ। त्यसैले अब संसारमा कठोर निर्णय लिनुपर्ने बेला आएको छ– इन्धनका लागि तपाईँका खेत उखुबालीका लागि प्रयोग गर्ने कि (त्यसो गर्दा तपाईँको परिवारका निम्ति अन्न बाली लगाउन सक्नुहुने छैन), नदीमा बाँध बनाएर जलविद्युत् उत्पादन गर्ने कि (त्यसो गर्दा नदी तल मानिसले माछा मार्न पाउने छैनन्),आफू र परिवारका लागि आफ्नो जमिनमुनिको पानी निकाल्न पम्प जडान गर्ने (त्यसो गर्दा तपाईंको छिमेकीले त्यस पानीको हक÷दाबीका लागि विवाद गर्न सक्छ) ? अनुसन्धानकर्ताहरूले यस्तो परिस्थितिलाई खाद्य, जल, ऊर्जासम्बन्धी उल्झनको नाम दिएका छन् र उनीहरूको भनाइमा यो उल्झन ठूला ती चुनौतीमध्ये एक हो जुन झन्झन् बढ्दो औद्योगीकृत, भूमण्डलीकृत र शिक्षित विश्वले सामना गर्दै आइरहेको छ।

नेपालको कुरा गर्दा ब्राजिलपछि दोस्रो बढी पानीको धनी देश मानिन्छ यसलाई।तर हामी धेरै नेपाली अझै पनि स्वच्छ पानीबाट टाढा छौँ। हाम्रै खानेपानी तथा ढल निकास विभागका अनुसार ८० प्रतिशत नेपालीको पानीमा पहुँच भए पनि सफा र स्वच्छ पानीमा भने पहुँच छैन। पानीको धनी देशमा बसेका नेपालीको दुर्भाग्य नै मान्नुपर्छ यसलाई।
अन्यत्र जस्तै यहाँ पनि गरिब र पिछडिएका वर्ग नै स्वच्छ पानीबाट टाढा छन्। बढ्दो शहरीकरण र औद्योगिकीकरणका कारण यो समस्या बढ्दो छ। विशेषगरी तराईका बासिन्दा आर्सेनिक जस्ता हानिकारक धातु शरीरमा पसाउन बाध्य छन्। त्यसैले पानीको स्वच्छता र पहुँचमा ध्यान दिन ढिलाइ गरियो भने यसको मूल्य चर्को पर्नेमा शंका छैन।

 

प्रकाशित: १० जेष्ठ २०७६ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App