८ वैशाख २०८१ शनिबार
समाज

बन्दले जनजीवन प्रभावित

भोजपुर - विप्लव समुहले भोजपुर जिल्लाबन्दको  आवाह्वान गरेपछि जनजिवन प्रभाभित भएको छ। भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको विरोधमा भोजपुर बन्द गरेको हो। बन्दको प्रभाव बन्दका कारण सानाठुला सबै बसहरु सञ्चालन हुन सकेका छैनन।

भोजपुर सदरमुकामका शैक्षिक संस्था पसलहरु समेत बन्द छ। विप्लवको बन्दको आसिंक प्रभाव परेको सुरक्षा निकायले जनाएको छ। सञ्चालनमा रहेका सवारी साधनलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले बताए। अघोषित रुपमा बन्द भएको कारण सर्वसाधरणहरु अलमलमा परेका थिए।विहान यातायात सञ्चालन नभएपछि मात्र बन्द भएको जानकारीमा आएको थियो।

गत मंगलवार दिउसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा भिडन्त भएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए। खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। विप्लव समुहले भने उनलाई नियन्त्रणमा लिएर हत्यागरिएको दाबी गरेको छ।

 

प्रकाशित: १० जेष्ठ २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App