शैक्षिक ब्यापारीको कार्यक्रममा जिम्मेवार व्यक्ति जानु अशोभनीय : तामाङ

शुक्रबार, १० जेठ २०७६, ०९ : ५१ नागरिक

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले शैक्षिक ब्यापारीले आयोजना गरेको कार्यक्रममा सरकारका जिम्मेवार ब्यक्ति जानु शोभनीय नभएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै निजी क्षेत्रलाई वैधानिकता नभई नियमन र नियन्त्रण गर्नुपर्ने धारणा राखे। फेसबुकमा उनले लेखेका छन्, 'निजी क्षेलाई बैधानिक होईन सरकारले नियमन र नियन्त्रण गर्नु पर्छ। संविधान प्रदत्त शैक्षिक अधिकारको कार्यन्वयन गर्दै सार्वजनिक शिक्षाको स्तर उन्नति र गुणस्तर, अभिवृद्धिका निम्ति शिक्षामा प्रयाप्त बजेट विनियोजन गरिनुपर्छ।

शैक्षिक ब्यापरीहरुको कुनै पनि कार्यक्रमहरुमा सरकारका जिम्मेवार ब्यक्तिहरु सहभागी हुने कुरा विलकुल शोभनीय विषयहोईन।'

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा सहभागी भएर शिक्षामा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका थिए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई ‘गुणस्तरीय शिक्षाका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। नेतृत्व बाँडफाडमा असन्तुष्ट देखिएका तामाङले प्रधानमन्त्रीलाई इङ्गित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad