६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेशमा ६ दिनभन्दा बढी बिदा दिन नपाइने

काठमाडौं – प्रदेश सरकारले वर्षको ६ दिनभन्दा बढी प्रदेशस्तरीय बिदा दिन नपाउने भएको छ। प्रदेश सरकारहरुले विभिन्न चाडपर्व, जयन्ती र दिवसका नाउँमा मनलाग्दो तरिकाले बिदा घोषणा गर्न थालेपछि गृह मन्त्रालयले प्रदेशले घोषणा गर्न पाउने बिदाको सीमा निर्धारण गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै प्रदेश सरकारले वर्षमा बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ।

मन्त्रालयले केही दिन अघि राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारहरुले आआफ्नो प्रदेशमा प्रचलित धर्म, रितिथितिसमेतलाई दृष्टिगत गरी बढीमा ६ दिनसम्म बिदा दिन पाउनेछन्।

यो बिदा सम्बन्धित प्रदेशमा रहेका नेपाल सरकारका कार्यालयहरुमा समेत सार्वजनिक बिदा गर्ने उल्लेख छ। तर प्रदेशले घोषणा गरेका बिदा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका नेपाल सरकारका कार्यालयहरुको हकमा भने लागू हुने छैन। गृह मन्त्रालयको निर्णयअनुसार प्रदेश सरकारहरुले आआफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गर्न आवश्यक परेमा गृह मन्त्रालयको सहमति आवश्यक पर्नेछ। मन्त्रालयले २०७६ को सार्वजनिक, पर्व एवं सट्टा बिदाको यस अघि नै घोषणा गरिसकेको छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App