८ वैशाख २०८१ शनिबार
समाज

एकल महिला समूहको छहारी भवन

काठमाडौं – काठमाडौंको हात्तीगौंडामा एकल महिला समुहको चार तले छहारी भवन निर्माण सम्पन्न भएको छ। २०७२ सालमा सम्झौता भएको सो भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो। संस्थाको २५ औं रजतजयन्ती तथा भवन उटघाटन कार्यक्रम एकै पटक सम्पन्न गर्ने तयारी भइरहेको छ।

भारतीय सरकारको सहयोग तथा संस्थाको आफ्नै खर्चमा सो भवनको निर्माण सम्पन्न भएको संस्थाले जनाएको छ। अढाइ रोपनी जग्गामा निर्मित भवनमा २४ कोठा छन्। भारत सरकारको ४ करोड ३८ लाख र संस्थाको ५३ लाख रुपैयाँ गरी करिब ५ करोड लागतमा भवन निर्माण भएको हो।

विभिन्न समस्यामा परेका एकल महिलाहरुको पुनस्र्थापना तथा सशक्तीकरणको लागि भवन निर्माण गरिएकाले भवनको नाम छहारी नामकरण गरिएको संस्थाकी अध्यक्ष लिली थापाले बताइन्। २५ वर्षदेखि एकल महिलाको हक, हित तथा सशक्तीकरणका कार्यलाई निरन्तरता दिइरहेको संस्थाले उपत्यकाबाहिर १४ वटा छहारी भवन बनाइसकेकोछ भने यो १५ औं छहारी भवन हो। उपत्यकाबाहिरका भवन संस्थाले सञ्चालन गरेको आयमूलक कार्यक्रमको आम्दानी र कोष संकलन अभियानबाट बनेको थापाले बताइन्।

नव निर्मित भवनमा समस्यामा परेका एकल महिलालाई तालिम दिने, उनीहरुबाट उत्पादित सामग्रीका बिक्री कक्ष, एकल महिलाको परिचालनमा उत्पादन हुने खाजा–खाना आपूर्ति गर्ने, उनीहरुलाई तालिम दिने, तालिम लिने क्रममा आवाश दिने, एकल महिलालाई आवश्यक कानुनी तथा अन्य परामर्श दिनेलगायगतका गतिविधी सञ्चालन हुँदै आएको छ। संस्थाले गरेको आर्थिक, कानुनी तथा अन्य तालिमबाट हालसम्म १० हजारभन्दा महिलाहरुको पुनस्र्थापना भइसकेको संस्थाले जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App