coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बस र ट्रक आपसमा ठोक्किँदा चालक सहित दुइको मृत्यु, २३ जना घाइते

लहान - बिहिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। मृत्यु हुनेमा बस चालक भोजपुर जिल्ला निवासी ४० वर्षिय हरिरण पहेली र बसका यात्रु झापा जिल्ला जलथल नगरपालिका –७ का ४२ वर्षिय मदन कुमार उप्रेती भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख(इन्सपेक्टर) मिलनसिंह बस्नेतले जानकारी दिए।

झापाबाट काठमाण्डौं जादैँ गरेको ना ८ ख ९८२ नम्बरको यात्रु वस विपरित दशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इन्सपेक्ट बस्नेतले जानकारी दिए। बसले बाँछोलाई बचाउन खोज्दा विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले भने।
उनकाअनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

मृतक र घाइतेको नामावली
मृतकः बस चालक, जिल्ला भोजपुर बस्ने अन्दाजी ४० वर्षका हरीरण पहेलीको बिहिबार मध्यराती उपचारको क्रममा मिर्चैया  नर्सिङ होममा मृत्यु। मृतक बसका यात्रुः झापा जिल्ला, जलथल नगरपालिका ७ का अन्दाजी ४२ वर्षिय मदन कुमार उप्रेतीको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैैयामा उपचारको क्रममा बिहिबार मध्यराती मृत्यु।
बिराटनगर रेफर गरिएका घाइतेहरु
ट्रक चालकः सिरहाको गोलबजार नगरपालिका निवासी ३५ वर्षिय कुमार श्रेष्ठ। झापा जिल्ला सोनामती नगरपालिाका ६ का ६० वर्षिय बिश्वनाथ बानियाँ। ईलाम जिल्ला माई नगरपालिका १ कि २४ वषीया मिनकला राई। सोही ठाउँकि ५५ वषीया सोममाया राई। झापा जिल्ला सोनामती नगरपालिका ६ कि ४५ वर्षीया सुगुरुमोती बानियाँ। मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ६ का ४२ वर्षिय दिनेश श्रेष्ठ। सोहि ठाउँ वडा नम्बर ७ का २० विर्षिय रोमन थापा। झापा जिल्ला भद्रपुर नगरपालिका ९ कि ३४ वर्षीया किरण उप्रेती। झापा जिल्ला कचनदाहा गाउँपालिका २ का २२ वर्षिय बिस्का उप्रेती। मोरङ जिल्ला केराउल नगरपालिका का ५० वर्षिय जित बहादुर दर्जी।
मंगलम अस्पताल मिर्चैयामा उपचाररत्त घाइतेहरु
झापा जिल्ला गौरदाहा नगरपालिका ४ का २० वर्षिय नबिन दास। झापाकै कतनकवल गाउँपालिका १ का २८ वर्षिय दिपक ढुङगेल। झापाकै पाङडुबा गाउँपालिका २ का २९ वर्षिय अबिर शेष , मोरङ केराबारी नगरपालिका २ का १८ वर्षिय बिमल लिम्बु, छन्।
फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचाररत
झापा, भद्रपुर नगरपालिकाकि ४०वर्षीया पावनि राजवंसी, ४२ वर्षिय उपेन्द्र राजवंसी, ३८ वर्षिय श्रीलाल राजवंसी, मोरङ पथरीकि २० वषीया कला ढुँगाना, ५वर्षिय राज ढुँगाना, ५०वर्षिय मोहम्मद मुस्ताक।
प्रहरीका अनुसार घाइतेमध्ये ११ जनालाई बिराटनगर रेफर गरिएको छ। ८ जना घाइतेको कर्जन्हा स्थित फूलकुमारी अस्पतालमा उपचार भैरहेको छ। ४ जनाको मंगलम अस्पताल मिचैयामा उपचार भैरहेको छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App