coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुटबन्दीले कार्यकर्ता निरास

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको व्यवहारले कार्यकर्तामा निराशा छाएको छ। केन्द्रमा नेतैपिच्छेको गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हु“दा कार्यकर्ता निरास भएका हुन्। केन्द्रीय नेताहरू सानो सानो झुण्डको नेतृत्व गर्न थालेपछि पार्टीलाई नेतृत्व गर्ने नेताकै अभाव देखिन थालेको तत्ला तहका नेता तथा कार्यकर्ताको गुनासो छ। केन्द्रीय नेता एक ढिक्का हुन नसकिरहेका बेला चलाएको जागरण अभियानले पनि तल्ला तहका नेता कार्यकर्तालाई संकोच पैदा गरिरहेको छ। तल्लो तहका कार्यकर्तालाई नभई केन्द्रीय तहकै नेतालाई जागरण अभियानको खा“चो देखिएको नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेल बताउ“छिन्।

पौडेलले नेताहरू गुटबन्दीमा रमाइरह“दा कार्यकर्तामा निराशा छाएको बताइन्। उनले गुटबन्दी छाडेर समग्र पार्टीको नेतृत्व गर्न केन्द्रीय नेताहरूलाई आग्रह पनि गरिन्। ‘केन्द्रीय नेताहरू व्यक्ती पिच्छे गुटबन्दीमा रमाईरह“दा तल्ला तहका नेता कार्यकर्तामा निराशा छाएको छ,’ उनले भनिन्, ‘केन्द्रका नेता एकढिक्का भए पार्टी बलियो हुने र जागरण अभियानले सार्थकता पाउँनेछ।’ प्रदेश सांसद सूर्यमाराज राईले मुख्य मुद्दा छाडेर कार्यकर्ताको ध्यान मोड्ने उद्देश्य राखेर जागरण अभियान ल्याएको हो कि भन्ने आशंका पैदा भइरहेको बताए। संघीय संरचनाअनुसार पार्टीको संरचना तयार नहु“दा जताततै भद्रगोल र अन्योल देखिएको छ। प्रमुख प्रतिपक्ष दलले संसद्मा शसक्त भूमिका खेल्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ। भ्रष्टाचारका ठूला कान्डका विषयमा पनि पार्टीले स्पष्ट धारणा राख्न सकिरहेको छैन। गाउ“पालिका, नगरपालिका र वडा तहमा पार्टीको संगठन भद्रगोल रूपमा चलिरहेको उनले बताए। धेरैवटा स्थानीय तह र धेरैवटा वडा मिसिएर नया“ संरचना बने पनि कांग्रेसमा पुरानै संरचना कायम रह“दा एउटै वडामा धेरेजना अध्यक्ष छन्। जसका कारण कसलाई अध्यक्ष मान्ने भन्ने समस्या निम्तिएको उनको भनाइ छ।

‘पहिलेका ३÷४ वटा वडाका अध्यक्ष अहिले एउटै वडामा छन्’ उनले भने, ‘अब, पुरानो संरचनाका अध्यक्षमध्ये कसलाई अध्यक्ष मान्ने भन्ने अन्योल छ।’ देशको नया“ संरचना अनुसार पार्टीको संरचना रुपान्तरण नहु“दा कार्यकर्तामा निराशा र अन्योल उत्पन्न भइरहेको छ। पार्टी भित्रका मुख्य समस्या हल गर्नुको साटो पार्टी नेतृत्व जागरणका नाममा अर्कोबाटो तिर लाग्दा कार्यकर्तामा उत्साह घटेको राईको ठहर छ। यति हु“दाहु“दै पनि जागरण अभियानले पार्टी नेतृत्व र केन्द्रीय तहका नेताहरूलाई सुध्रन दबाब भने सिर्जना गरेको राई बताउ“छन्। केन्द्रले तल्लो तहका कार्यकर्ताको गुनासो सुन्ने माध्ययम पनि जागरण अभियान बनेको राईले बताए। उनले भने, ‘जगारण अभियानको राम्रो पक्ष भनेको तल्लो तहका कार्यकर्ताले केन्द्रीय प्रतिनिधिसँग आफ्ना गुनासा निर्धक्क राख्न पाएका छन्।’

केहि वर्षयता कार्यकर्ताको गुनासोसमेत सुन्न छाडेको कांग्रेस नेतृत्वले जागरण अभियानमार्फत गुनासो सुन्ने र फरक मत राख्ने कार्यकर्ताका धारणालाई पनि ग्रहण गर्नु सकारात्मक छ। कार्यकर्ताले राखेका फरक मतलाई पनि कदर गर्ने संस्कृतिको विकास भए जागरण अभियानले सार्थकता पाउने राई बताउ“छन्। जिल्ला र प्रदेश तहका नेताहरू मात्रै हैन कांग्रेसका केन्द्रीय नेताहरूलाई पनि जागरण अभियानले शंकोच नै पैदा गरिरहेको छ। कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केही दिन पहिले नेपाल महिला संघ मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जागरण आभियानको नाममा नेतृत्वले झारा टार्न र महाअधिवेशन सार्न प्रपञ्च गरिरहेको आरोप लगाएका थिए। ‘झारा टार्न र महाअधिवेशन सार्न जागरण अभियान चलाइएको हो’ कोइरालाले भनेका थिए। निर्वाचनमा हार र पार्टी कमजोर हुनुको कारण भने गुटबन्दी नै भएको कोइरालाको भनाइ थियो। गुटबन्दीले कांग्रेसलाई कमजोर बनाएकाले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी केन्द्रीय नेताहरू एकढिक्का हुनेपर्नेमा उनको जोड थियो।

प्रकाशित: १० जेष्ठ २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App