१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महिला चरित्रमा रुचाइएका पुरुष कलाकार

मुम्बई – बलिउडमा प्रारम्भदेखि नै प्रेमकथाका फिल्महरू रुचाइएका छन्। यी फिल्ममा काम गर्ने कलाकार आफ्नो अभिनयसँगै रूपका कारण पनि दर्शकको नजरमा परिरहेका छन्। दर्शकलाई आफ्नो अनुहारमा केही फरकपना दिनकै लागि पुरुष कलाकार महिलाको गेटअपमा देखिन कन्जुस्याइँ गर्दैनन्। बलिउड कलाकार गोविन्दा, रितेश देशमुख, आमिर खान, कमल हसन, आशुतोष राणा हुँदै अब यो सूचीमा बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमार पनि जोडिएका छन्।

अक्षयले यसअघि पनि फिल्म ‘खेलाडी’मा महिलाको भूमिका निर्वाह गरेका थिए। तर त्यो फिल्म महिलामा आधारित थिएन। फिल्ममा महिला छात्रावासमा बस्नकै लागि अक्षय र दीपक तिजोरीलाई महिला बन्नु परेको थियो। तर हालै अक्षयले आफ्नो सामाजिक सन्जालमा आफ्नो फिल्म ‘लक्ष्मी बम्ब’को पोस्टर सार्वजनिक गरे। पोस्टरमा अक्षयलाई आँखामा गाजल लगाउँदै गरेको देख्न सकिन्छ। यो पोस्टर हेरेपछि धेरै फिल्मकर्मीले अक्षय महिला वा तेस्रो लिंगीको भूमिकामा फिल्ममा देखिन सक्ने अड्कल काटेका छन्।

दर्शकलाई आफ्नो अनुहारमा केही फरकपना दिनकै लागि पुरुष कलाकार महिलाको गेटअपमा देखिन कन्जुस्याइँ गर्दैनन्।

अक्षयले पोस्टर सामाजिक सन्जालमा राख्दा फिल्मका निर्देशक राघव लोरेन्स निरास भएका थिए। उनको अनुमति बिना नै अक्षयले सामाजिक सन्जालमा पोस्टर सार्वजनिक गरेपछि राघव निरास भएका हुन्। अक्षय एक उदाहरण मात्र हुन्। उनी भन्दा अघि महिलाको भूमिकामा अभिनय गर्ने पुरुष कलाकारहरू त्यही चरित्रका कारण दर्शकमाझ हिट पनि भएका छन्। फिल्म ‘लक्ष्मी बम्ब’ तमिल फिल्म ‘मुनीः १ कन्चना’को रिमेक हो। फिल्ममा किआरा आडवाण्ी र माधवन पनि देखिँदैछन्।

सन् १९९९ मा रिलिज फिल्म ‘संघर्ष’मा आशुतोष राणाले तेस्रो लिंगीको चरित्र निर्वाह गरेका थिए। तनुजा चन्द्रा निर्देशित फिल्ममा आशुतोषको गेटअप हेर्दा दर्शक अचम्ममा परेका थिए। फिल्ममा आशुतोष एक सनकी भूमिकामा थिए। यो फिल्म तत्कालिन समयमा ‘सुपरहिट’ फिल्मको सूचीमा परेको थियो। यही फिल्मबाट आशुतोषले ‘बेस्ट भिलेन’को अवार्ड जितेका थिए।

एक समय थियो जुन बेला भारतीय फिल्ममा भिलेनले हिरोलाई कडा चुनौती दिन्थे। हिन्दी फिल्ममा यस्ता कैयौं भिलेन छन्, जसको नाम आज पनि जोकोही दर्शक सम्झन्छन्। सन् १९९१ मा रिलिज फिल्म ‘सडक’मा ‘महारानी’को चरित्र निर्वाह गर्ने सदाशिव अमरापुरकर पनि दर्शकले सम्झिइरहने भिलेनमा पर्दछन्। पुरुष भएर पनि महिलाको जस्तो चरित्र निर्वाह गर्ने उनले यही फिल्मबाट अवार्ड पनि जितेका थिए।

ठूलो पर्दामा यस्ता केही चरित्र छन्। जसले वास्तविक जीवनमा पनि दर्शकलाई डराउने वातावरण बनाइरहेको हुन्छ। फिल्म ‘मर्डर २’मा धीरज पाण्डेको भूमिकामा अभिनय गर्ने प्रशान्त नारायणनले आफ्नो अभिनयका कारण दर्शकलाई डराउन बाध्य बनाए। यो फिल्ममा उनले भिलेन चरित्र बडो रोचकपूर्वक पुरा गरे।

कमल हसनले अभिनय गरेको सन् १९९७ को फिल्म ‘चाची ४२०’ले पनि उनलाई पुरुष भएर पनि फिल्ममा महिला चरित्रमा कुशल अभिनय गर्न सक्ने कलाकारका रूपमा चिनायो। फिल्ममा कमलले आफ्नी छोरीका लागि कामवाली बाईको भूमिका निर्वाह गरेका थिए । फिल्ममा आफ्नी पत्नी तब्बूले छोडेपछि एक मात्र छोरीसँग बस्नका लागि आफ्नो ससुरालीमा ‘कामवाली बाई’ बनेर अभिनय गरेको दृश्य दर्शक अझै सम्झन्छन्। यो फिल्मलाई दर्शकले यति धेरै रुचाएकी कि कसैले फिल्मको नाम लिनासाथ कमलकै अभिनयलाई सम्झन्थे। फिल्ममा उनी एक शक्तिशाली महिलाको रूपमा देखिन्छिन्। जसले महिलाकै रूपमा धेरै खलपात्रसँग एक्लै फाइट खेलेकी छन्।

बलिउडका अर्का अभिनेता गोविन्दाको कुनै फिल्म प्रदर्शनमा आउँदा दर्शकले केही न केही नयाँ कुरा होस् भन्ने चाहन्थे। उनको नृत्य, बोल्ने तरिका, नृत्य शैलीबाट दर्शक कायल हुन्थे। सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नम्बर १’ मा गोविन्दले गरेको अभिनय आम दर्शकको मानसपटलमा अझै ताजै छ।

यीबाहेक सन् २०१३ को फिल्म ‘रज्जो’ मा महेश मान्जरेकरले निभाएको तेस्रो लिंगीको भूमिका, सन् २०१३ मै रिलिज तिग्मांशु धूलियाको फिल्म ‘बुलेट राजा’ मा रवि किशनको तेस्रो लिंगी चरित्र र सन् १९९७ मा फिल्म ‘तमन्ना’मा परेश रावलले निर्वाह गरेको तेस्रो लिंगीकै भूमिका पनि अझै चर्चामा छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App