coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीले दुई घरमा क्षति

पञ्चमीबजारमा लागेको आगो। तस्बिर : नागरिक

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी, पञ्चमीबजारमा भएको आगलागीमा एउटा घरमा पूर्ण र अर्को घरमा आंशिक क्षति पुगेको छ। बुधबार राति ८ः०० बजे लागेको आगोले स्थानीय डम्बर खड्काको होटल तथा पसल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। खड्काको १३ लाख रुपैयाँबराबरको क्षति भएको छ।

यस्तै, सोही आगोले स्थानीय रविनारायण श्रेष्ठको घरमा पनि आंशिक क्षति पुगेको छ। श्रेष्ठको एक लाख नगदसहित तीन लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।
अग्निपीडित खड्काको घरमा खोटेहाङ गाउँपालिका सावाक टहरेका रामकेस राईले श्रीमती र एक छोरासहित भाडामा होटल तथा पसल गर्दै आएका थिए। यस्तै रविनारायणको घरमा कुमार श्रेष्ठले होटल तथा पसल सञ्चालन गरिरहेका थिए।

खड्काको घरबाट सुरु भएको आगो प्रहरी र स्थानीयले राति साढे १० बजे नियन्त्रणमा लिएका थिए। आगोबाट जोगाउन स्थानीय प्रमिला श्रेष्ठको घरका सामान पनि बाहिर निकालिएको थियो। बजारका अन्य घरमा आगो फैलिन जदिन कतिपय घरको पर्खाल भत्काइएको छ।

कुनै कारण खुल्न नसके पनि विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट विस्थापितलाई गाउँपालिकाको तर्फबाट राहत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। अग्निपीडितमध्ये रामकेश राईलाई ५० हजार र रविनारायणलाई २० हजार रुपैयाँ राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App