६ वैशाख २०८१ बिहीबार
खेल

एपिएफका खेलाडीलाई नगद

काठमाडौं – विभागीय टोली सशस्त्र प्रहरी बलको क्लब एपिएफ क्लबले वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ। हलचोकस्थित प्रधान कार्यलायमा एक कार्यक्रमको आयोजना गरेर  एपिएफ क्लबबाट सहभागी भई पदक दिलाउन सफल कुल २ सय ४ खेलाडीलाई नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा क्लबले स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कांस्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरेको हो। एकभन्दा बढी पदक ल्याउने  खेलाडीलाई थप विजयी प्रतिपदकमा ५० प्रतिशत पुरस्कार रकम थप गरी प्रदान गरेको हो।

प्रदेश ५ मा गत चैत २७ गतेदेखि वैशाख ११ सम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपिएफले ५४ स्वर्ण, ७१ रजत र ७९ कांस्य पदक जित्न सफल भएको थियो। समग्र प्रतियोगितामा २ सय ४ पदक जितेको एपिएफले ३५ विधामध्ये २८ विधामा प्रतिस्पर्धा गरेको थियो। क्लबले पुरस्कारका लागि कुल १३ लाख ९५ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ।

पदक दिलाउने खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कार प्रदान गरेका थिए। पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलमा उत्कृष्ट योगदान पु¥याउने खेलाडीको हौसला तथा मनोबल बढाउन यो सम्मान प्रदान गरेको प्रतिक्रिया दिए।

प्रकाशित: १० जेष्ठ २०७६ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App