एक दशकमा २ सय ९१ बलात्कारका घटना

शुक्रबार, १० जेठ २०७६, ०६ : १२ सविता श्रेष्ठ

चितवन - विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा एक वर्षमा बढीमा ५५ वटा र कम्तीमा १४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् भने करणी उद्योगमा भने १० वर्षमा एक सय २२ वटा घटना प्रहरीमा दर्ता भएको छ।

एक वर्षमा कम्तीमा एकदेखि बढीमा २५ वटासम्म करणीका प्रयास भएको उजुरी परेको पाइन्छ। चालु आवको १० महिनामा जिल्लामा करणीका ४४ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। वैशाख मसान्तसम्मको यो अवधिमा जबर्जस्ती करणी उद्योगका नौवटा घटना प्रहरीमा दर्ता भएका छन्। गत आवमा जबर्जस्ती करणीका ५५ घटना भएका थिए। जुन पछिल्लो १० वर्षको अवधिमा भएका घटनामध्ये सबैभन्दा बढी घटना भएको वर्ष हो।

सो अवधिमा जिल्लामा जबर्जस्ती करणी उद्योगका २३ वटा घटना भएको प्रवक्ता रेग्मीले जानकारी दिए। आव २०७३/७४ मा भने जबर्जस्ती करणीका २९ र जबर्जस्ती करणी उद्योगका २५ घटना प्रहरीमा दर्ता भएका थिए। आव २०६६÷६७ मा भने १४ वटा बलात्कारका घटना मात्र प्रहरीमा दर्ता भएका थिए। प्रहरीमा दर्ता भएका सबैजसो मुद्दा फछ्र्योट भएका छन्। चालु आवमा ४४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएकामा ४० वटा फछ्र्योट भइसकेको प्रहरी कार्यालयले जनाएको छ।

१२ वर्षीया बालिका बलात्कार गरी फरार रहेका गोपाल भन्ने सुभाष परियारलाई पक्राउ प्रहरीले गरेको छ। भरतपुर महानगरपालिका–१६ बस्ने परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनले गत चैत ३० गते बेलुकी नौ बजे बालिका बलात्कार गरेको जाहेरी दरखास्त प्रहरीमा परेको थियो। उनले बालिकालाई घरमा बोलाएर कोठाको चुकुल लगाई करणी गरेको खुलेको प्रवक्ता रेग्मीले बताए।

घटनापछि फरार परियारलाई पक्राउ गरिएको र थप अनुसन्धान अगाडि बढ्ने उनले जानकारी दिए। यस्तै १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा अर्का एक युवकलाई पनि पक्राउ प्रहरीले गरेको छ। माडी नगरपालिका–५ छरछरेका ३८ वर्षीय शम्शेर विकलाई बुधबार पक्राउ गरिएको हो।

गत वैशाख ६ गते निगुरो टिप्न जंगल गएकी बालिकालाई बलात्कार गरेको आरोपमा विकलाई प्रहरीले गिरफ्तार गरेको प्रवक्ता रेग्मीले बताए। भारतमा लुकिछिपी बसेका उनलाई प्रहरीले भारतको दिल्ली प्रहरीको सहयोगमा सुनौलीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैजना आरोपितलाई अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। कुनै महिलालाई निजको मञ्जुरी नलिई र मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने कानुनी प्रावधान रहेको छ।







यसमा तपाईको मत


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...