८ वैशाख २०८१ शनिबार
भिडियो

मेरो अनुहार कसैलाई मन पर्नु पर्छ भन्ने छैन: मन्त्री बाँस्कोटा

काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो बारेमा धेरै ठाउँमा टिप्पणी हुने गरेको बताएका छन्। खास गरि संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकलाई लिएर विरोध भइरहेका बेला मन्त्री बाँस्कोटाले सरकार र कतिपय विषयमा आफ्नो समेत प्रतिरक्षा गर्दा विरोध हुने गरेको बताए। संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक माथि केही दिन अघि बरिष्ठ अधिवक्ता शम्भु थापा मन्त्री बाँस्कोटा माथि खनिएका थिए।

अधिवक्ता थापाले मन्त्री बाँस्कोटाको 'बोल्ने हुलिया पनि मिल्नुपर्छ' भनेर आक्रोश पोखेको केही दिनपछि आज मन्त्रिपरिषदका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने बाँस्कोटा संयमित ढंगमा प्रस्तुत भएका थिए। मन्त्री बाँस्कोटाले अधिवक्ता थापाको नाम उल्लेख नगरी घुमाउरो पारामा भने-

'हरेक नागरिकले हरेकका बारेमा प्रश्न उठाउने ठाउँ सुरक्षित छ। र, कसको अनुहार कसलाई मन पर्यो परेन,हरेकको शैली कसैसित मिल्नुपर्छ वा पर्दैन, हरेकको मनमा के छ त्यहि अनुसार सरकारको प्रवक्ताले बोल्नुपर्छ वा पर्दैन म त्यो बहस तिर जान चाहन्न।'
थप जानकारीका लागि हेर्नुहोस भिडियो:   

प्रकाशित: ९ जेष्ठ २०७६ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App